चीन र उत्तर कोरियाबीच सहकार्य गर्ने सहमति

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा दुवै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउनेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

भारतमा बस दुर्घटना, ४४ जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार बस सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

अमेरिकी ड्रोन खसालेपछि इरानप्रति टिप्पणी गर्दै ट्रम्पले भने– उसले ठूलो गल्ती गर्‍यो

इरानको दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा इरानी सेनाले अमेरिकी ड्रोनमा आक्रमण गरेर खसालेको थियो ।

अमेरिकी ड्रोन खसालेको इरानको दावी

इराकको हवाई क्षेत्रमा उडेको उक्त अमेरिकी ड्रोन दक्षिणी हारमोज्गान प्रान्तको कुहमोबारक नजिक अन्तर्राष्ट्रिय तेल निर्यात मार्गमा खसालेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ राष्ट्रपति आज उत्तर कोरिया जाँदै

सन् २०१२ मा सत्ता सम्हालेका सीले छिमेकी राष्ट्र उत्तर कोरियाको भ्रमण गरेका थिएनन् ।

चीन–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा : चिनियाँ राष्ट्रपति

राष्ट्रपति चिनफिङले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको र यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने धारणा राखेका छन् ।

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान सुरु

ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् ।

नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिना जेल

नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आर्प्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ ।

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने

इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने भएको छ ।