उत्तर प्रदेशमा आँधी र चट्याङका कारण १९ जनाको मृत्यु

स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार लाख दिने घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मे पार्टीको नेताबाट बाहिरिन

पार्टीले नेताका रुपमा अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताईएको छ ।

अफ्रिकी युनियनद्वारा सुडानको सदस्यता निलम्बन

सैन्य शासकले नागरिकमाथिको दमन कायमै राखेको भन्दै प्रदर्शनकारी नेताहरूले वार्ताको कुनै औचित्य नभएको बताएका हुन् । सैन्य दमनमा घाइते हुनेको संख्या ५ सय नाघेको छ ।

८५ जना बिरामीको हत्या गरेको अभियोगमा पूर्व नर्सलाई आजीवन कैद

ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाएका हुन् ।

चिनियाँ राष्ट्रपति सीद्वारा रुसी समकक्षी पुटिनको प्रशंसा

दुई मुलुकबीच व्यापारिक सहमतिमा हस्ताक्षर भएको छ भने सीले मस्कोस्थित चिडियाखानालाई दुईवटा पान्डा उपहार दिएका छन् ।

५९० किलो गाँजासहितको ट्रक हराएको छ ? : असम प्रहरी

असम प्रहरीले केही दिनअघि बरामद गरेको ५९० किलो गाँजा र उक्त गाँजा लोड गरिएको ट्रकका बारेमा सम्बन्धित व्यक्तिलाई प्रहरी चौकीमा सम्पर्क गर्न ट्वीटरमार्फत सूचना सार्वजनिक गरेको छ ।

वार्ता प्रस्ताव सुडानका विपक्षी कार्यकर्ताद्वारा अस्वीकार

अर्धसैनिक बलले लोकतन्त्र समर्थक एक सय प्रदशर्नकारीहरुको हत्या गरेको विपक्षी कार्यकर्ताहरुले दाबी गरेका छन् ।

सुडानमा सेनाको सनकः ६० भन्दा बढी नागरिक मारिए

नागरिकस्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो ।

अस्ट्रेलियामा एक व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु

स्थानीय समाचारमाध्यमका अनुसार एक व्यक्तिले सटगनबाट जथाभावी गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले सहरमा सुरक्षा सर्तकता अपनाएको थियो ।

भारतीय वायुसेनाको बेपत्ता विमान २० घण्टा बित्दासमेत फेला परेन

सोमबार स्थानीय समयानुसार दिउँसो करिब एक बजेबाट सम्पर्कविहीन भएको विमानको अवस्था अझै पत्ता लाग्न नसकेको हो ।