डाक्टर केसीको अनसन जारी

डाक्टर गोविन्द केसीले आज २१ औं दिन पनि आफ्नो अनशन अनसन जारी राख्नुभएको छ । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट हिजो सरकारी टोलीले २० दिनपछि डाक्टर केसीलाई काठमाण्डौं ल्याएको थियो । काठमाण्डौंको शिक्षण अस्पतालमा उहाँले आफ्नो अनशन जारी राख्नुभएको छ । आफुलाई इच्छाविपरित वल प्रयोग गरी सरकारले काठमाण्डौं ल्याएको भन्दै थप उपचार नगर्ने अडान डाक्टर केसीले लिनुभएको छ । चिकित्सकहरुले भने उहाँलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताउँछन् । डाक्टर केसीको स्वास्थ अवस्था बुझ्न शिक्षण अस्पताल पुग्नुभएका डाक्टर केदाररसिंह उहाँको अवस्था नाजुक बन्दै गएकाले शीघ्र उपचार गर्नुपर्ने बताउनुहुन्छ ।