धादिङमा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो ।

कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाको खोजी गर्न गएको गोताखोर टोली फिर्ता

पानीको बहाव तेज भएका कारण खोजी कार्यमा कठिनाइ भएको सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक किशोर प्रधानले जानकारी दिए ।

सेती नदीमा बगेर बेपत्ता भएका युवा संघका नेता पुष्करको शव २६ दिनपछि भेटियो

नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

जानकी मन्दिर परिसरमा योग शिविर, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत सहभागी

उपप्रधानमन्त्री उपेन्द्र यादवले समाजिक, सांस्कृतिक उपजका रूपमा योगको महत्वलाई आत्मसात गर्दै भगवान् गौतमबुद्धदेखि ऋषिमुनिहरूले योग साधना गरी आफ्नो लक्ष्य हासिल गरेको दृष्टान्तसमेत सबैका लागि अनुकरणीय रहेको धारणा राखे ।

विश्व योग दिवस मनाइँदै

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धिकरण हुने मान्यता छ ।

मध्यपहाडी लोकमार्ग कालोपत्रे गरेको वर्षदिनमै जीर्ण

कालोपत्रे गरेको एक वर्ष पुरा नहुँदै लोकमार्गका विभिन्न खण्ड बिग्रिदा सवारी चालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ कामदारको उद्धार

गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्रै थुनिएर अलपत्र परेका हुन् । सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिक रहेको बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उनीहरुविरुद्ध कुल एक अर्ब २८ करोड १७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

वातावरण संरक्षण विधेयकमाथि विज्ञहरुसित छलफल

वातावरणविद् डा. रामप्रसाद रेग्मीले वातावरण संरक्षणका लागि तल्लो तहलाई बढी जिम्मेवार बनाउनुपर्ने कुरा विधेयकमा समेट्नुपर्ने सुझाव दिए ।

सुन्दरीजलबाट रत्नपार्क जाँदै गरेको बस पल्टियो, एकजनाको मृत्यु, २० घाइते

बा१ख ८७४४ नम्बरको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।