सभामुखलाई राजपा नेपालको आग्रह– संविधान संशोधनका लागि निर्देशन होस्

सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो ।

जिल्ला इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाउन नेकपाको सचिवालय बैठक बस्दै

दुई अध्यक्षबीच हिजो नामका विषयमा भएको छलफल सकारात्मक भएपछि आज सचिवालय बैठकमार्फत् अनुमोदन गर्ने तयारी भएको बताइएको छ ।

‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति छैन’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरीचौकीमाथि आक्रमणको प्रयास नगरेको दाबी गरेको छ ।

प्रहरीचौकी कब्जा प्रयासः छेस्काममा भएको के हो ?

प्रहरी र चन्दका कार्यकर्ताबीच भेट नभएपनि राति १२ देखि सोमबार बिहान ३ बजेसम्म चन्दका कार्यकर्ता चौकी क्षेत्रमै रहेको बताइएको छ ।

प्रहरी चौकी कब्जा गर्ने विप्लव समूहको प्रयास असफल, सेना र प्रहरीको टोली घटनास्थलमा

कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएका थिए ।

‘त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाँध्ने गोठ हो ?’- नेता रावल

नेकपाका नेता एवं सांसद भीम रावलले त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाँध्ने गोठ हो ? भन्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई प्रश्न गरेका छन् ।

संसदमा कड्के भीम रावल, राजदूतले भियना सन्धि विपरित खुलेआम काम गर्दा सरकार के हेर्दैछ ?

एउटा देशको राजदूतले भियना सन्धिको खुलेआम उल्लंघन गर्दै काम गरिरहँदा सरकारले केही गर्न नसकी निरीह बनेको टिप्पणी गरे । कुरा मात्र गरेर हुँदैन राष्ट्रिय अखण्डता र स्वाभीमान जोगाउनेतर्फ सरकारले तत्काल ध्यान दिओस् उनले भने

बजेट विकासमुखी नभई वितरणमुखी भयोः प्रबक्ता शर्मा

कांग्रेस प्रवक्ता शर्माले प्रेसमाथि तरवार झुण्डाएर,मानवअधिकार आयोगलाई नियन्त्रणमा राखेर सरकारले अधिनायकवाद ल्याउने प्रपञ्च शुरु गरेको जिकिरसमेत गरे ।

सरकार कसले चलाइरहेछ ? राजपा नेता

राजपा सांसद राजकिशोर यादवले सरकार कसले चलाएको छ भन्ने प्रश्न गर्दै लोक सेवा आयोगले मागेको विज्ञापन संवैधानिक व्यवस्था विपरित भएको पनि जिकीर गरे ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान प्रभावकारी भएन्ः नेता सिंह

संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता/कार्यकर्ताहरुमा निराशा छाएको उनले बताए ।