संसारभरका राष्ट्रवादी शक्तिहरुबीच नयाँ ढंगको सम्बन्ध विकास : खनाल

असंलग्न राष्ट्रहरुको पहिलो वाङ्डुङ सम्मेलनको ६४ औं बर्षगाँठको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा नेता खनालले राष्ट्रवादी शक्तिहरुबीचको एकता मजबुत हुन थालेको बताए ।

नेकपाका सबै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुंगो लाग्यो

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको हो ।

सरकारसँग गरेको सम्झौता ठूलो विजय : सिके राउत

डा राउतले भने, ‘सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् ।’

वैशाख १६ देखि संघीय संसदको बजेट अधिवेशन

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गते आइतबार दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको बैठक आह्वान गरेकी छन् ।

श्रीलंकामा भएको विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री ओलीले नेपालले जुनसुकै आवरणमा हुने आतंकवाद विरुद्धमा उभिने प्रतिवद्धता जनाउँदै विस्फोटलाई मानवता विरोधी घटनाको संज्ञा दिएका छन् ।

हिन्दु राष्ट्रको मागसहित आन्दोलनरत राप्रपालाई वार्ताका लागि पत्र पठायो सरकारले

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले आइतबार राप्रपालाई वार्ताका लागि पत्र पठाएका हुन् ।

कांग्रेसमा नेतृत्व क्षमता भएको व्यक्तिको अभाव : सुजाता कोइराला

प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पुरानो मानसिकताबाट माथि उठ्न नसक्दा कांग्रेस कमजोर भएको टिप्पणीसमेत गरिन् ।

नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकतालाई अन्तिम रुप दिने तयारी

पार्टीका शीर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि अनुमोदनका लागि आजै साँझ बैठक बस्न लागेको हो ।

भोलिको दिन नेकपाका लागि अर्को ऐतिहासिक दिन हुनेछः अध्यक्ष दाहाल

उनले मिल्न बाँकी केही विषयमा आजै साँझ छलफल गरी सहमति जुटाइने बताए । उनले भोलिको दिन नेकपाका लागि अर्को ऐतिहासिक दिन हुने समेत बताए ।