प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीचको भेटवार्तापछि दुई मुलुकबीच केही सहमतिपत्रमा समेत हस्ताक्षर हुनेछ ।

चन्द समूहका विद्यार्थी नेता काठमाडौंबाट पक्राउ

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई शुक्रबार अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

निजी शैक्षिक संस्थाले गरेको शुल्कवृद्धि खारेज गर्न ११ विद्यार्थी संगठनको माग

ती संगठनले आज काठमाडौमा पत्रकार सम्मेलन गरि गैरकानुनी रुपमा गरेको ४० प्रतिशतसम्मको शुल्क बृद्धि तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कांग्रेसको चेतावनीपछि सभामुख महराद्वारा गैरसंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुख महराले नीति तथा कार्यक्रममा पारित गर्ने क्रममा भएका सबै शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गरेका हुन् ।

‘कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?’ (भिडियो), यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली कांग्रेसले प्रयोग गर्ने ‘जय नेपाल’ शब्द शब्दकोषबाट हटाउन चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली भियतनाममा

नोइ बाइ अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।

प्रतिपक्षले प्रधानमन्त्रीको अपमान गरेको छैन : निधि

सरकारविरुद्ध आवश्यक परे कांग्रेस सडक आन्दोलनमा जान तयार रहेको चेतावनी पनि दिए ।

जागरण अभियान आन्तरिक द्वन्द्वमै रुमलिने खतरा, देउवा नै आरोप–प्रत्यारोपमा (भिडियो)

जागरण अभियानमा भाषण गरेकै विषयलाई लिएर सिन्धुपाल्चोकमा त झन् आफ्नै पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल

विधेयकमाथि ९५ जना सांसदले संशोधन दर्ता गरेका थिए । विधेयकमा एकल र संयुक्त गरी ८२ संशोधन परेका छन् ।