लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

राजनीति

शैक्षिक क्षेत्रको विकासबाट मात्रै परिवर्तन सम्भव : गगन थापा

शैक्षिक क्षेत्रको विकासबाट मात्रै परिवर्तन सम्भव : गगन थापा

काठमाडौं, वैशाख १ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले शैक्षिक क्षेत्रको विकासबाट मात्रै परिवर्तन सम्भव हुने बताएका छन् ।

वर्ष २०७२ः शक्तिशाली संवैधानिक–राजनीतिक पदमा नेतृत्व परिवर्तन (भिडियो रिपोर्ट)

वर्ष २०७२ः शक्तिशाली संवैधानिक–राजनीतिक पदमा नेतृत्व परिवर्तन (भिडियो रिपोर्ट)

काठमाडौं, चैत ३० । शक्तिशाली संवैधानिक र राजनीतिक पदहरुमा नयाँ व्यक्तिहरुको पदस्थापनाले वर्ष २०७२ चर्चित रह्यो । नयाँ संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन गरिने संवैधानिक व्यवस्था नै गरियो । संविधान जारी भएकै महिना असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्रीमा निर्वाचित भए ।

वर्ष २०७२ः अवरोध र चुनौती छिचोल्दै नयाँ संविधान जारी

वर्ष २०७२ः अवरोध र चुनौती छिचोल्दै नयाँ संविधान जारी

काठमाडौं, चैत ३० । वि.सं. २०७२ साल नेपालको संवैधानिक इतिहासमा महत्वपूर्ण वर्षकारुपमा सावित हुन पुग्यो । आफैंले आफ्नो संविधान लेख्ने नेपाली जनताको दशकौंदेखिको चाहना पूरा भयो । विभिन्न अवरोध र चुनौती छिचोल्दै संविधानसभा संविधान जारी गर्न सफल भयो । वि.सं. २०७१ को आखिरीमा दलहरुकाबीचमा संविधान जारी गर्ने विषयमा ठूलै विवाद उत्पन्न भएको थियो ।

सरकार परिवर्तनबारे सोच्न पनि सकिदैंन : गच्छदार

सरकार परिवर्तनबारे सोच्न पनि सकिदैंन : गच्छदार

विराटनगर, चैत ३० । उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले अहिलको सरकार परिवर्तनबारे सोच्न पनि नसकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

नेपाली मुक्ति मोर्चाले सर्वपक्षीय सम्मेलन गर्ने, भारतीय नेता आउने

नेपाली मुक्ति मोर्चाले सर्वपक्षीय सम्मेलन गर्ने, भारतीय नेता आउने

काठमाडौं, चैत २९ । नेपाली मुक्ति मोर्चा नेपालले राष्ट्रलाई वर्तमान संवैधानिक संकटबाट मुक्त गरी वैकल्पिक संविधान निर्माणका लागि सर्वपक्षीय सम्मेलन गर्ने भएको छ । मोर्चाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी वैशाख २५ गते काठमाडौंमा आयोजना हुने सर्वपक्षीय सम्मेलनमा संसदमा रहेका र बाहिर रहेका सबैपक्षलाई समेटिने जानकारी दिइयो ।

एमाले बैठकमा तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग

एमाले बैठकमा तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग

काठमाडौं, चैत २९ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा स्थानीय निकायको निर्वाचनले सबैभन्दा बढी चर्चा पाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि गठन भएका समूहका टोली नेताहरुले अविलम्ब स्थानीय निर्वाचनको माग गरेका हुन् ।

प्रधानमन्त्री पत्नीसहित बिजुक्छे निवास पुगे

प्रधानमन्त्री पत्नीसहित बिजुक्छे निवास पुगे

भक्तपुर, चैत २९ । प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच सोमबार भेटवार्ता भएको छ । कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनःनिर्माणको काम सुरु हुनुपर्नेबारेमा छलफल भएको थियो । करिब आधाघन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताए ।

चन्द अस्पताल भर्ना

चन्द अस्पताल भर्ना

काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवं प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि सोमबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका छन् ।

उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य छैन : देउवा

उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य छैन : देउवा

काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य नभएको बताएका छन् ।

बन्द, हड्ताल नगर्न सञ्चारमन्त्रीको आग्रह

बन्द, हड्ताल नगर्न सञ्चारमन्त्रीको आग्रह

विराटनगर, चैत २९ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिले नै वर्तमान सरकारको विकल्प सोच्न नसकिने बताएका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework