लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

बुुहारीको हत्या गर्ने सासू समातिइन्, यौन दुर्व्यवहार गर्ने चारजनालाई कैद

बुुहारीको हत्या गर्ने सासू समातिइन्, यौन दुर्व्यवहार गर्ने चारजनालाई कैद

राजविराज, भदौ ३१ । तीन वर्षअगाडि आफ्नै बुहारीलाई हत्या गरी फरार रहेका सविरण खातुनलाई सप्तरी प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

त्रिपालमुनिबाटै राजधानीको सुरक्षा !

त्रिपालमुनिबाटै राजधानीको सुरक्षा !

काठमाडौं, भदौ ३० । शान्ति–सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग क्षतिग्रस्त भएपछि अहिले टेकुमा रहेको नेसनल ट्रेडिङ लिमिटेडको जग्गामा ती कार्यालयले अस्थायी संरचना बनाएर काम गर्दै आएका छन् ।

नक्कली सवारीचालक अनुमतिपत्र बनाउने समातिए

नक्कली सवारीचालक अनुमतिपत्र बनाउने समातिए

झापा, भदौ २८ । झापामा नक्कली सवारीचालक अनुमतिपत्र बनाउने चारसहित ९ जनालाई प्रहरीले पक्रेको छ । झापाका विभिन्न स्थानबाट सुरक्षाजाँच गर्नेक्रममा नक्कली सवारीचालक अनुमतिपत्र र सरकारी छापासहित उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

भारतीय टाँगा व्यवसायीबाट आठ नेपाली लुटिए

भारतीय टाँगा व्यवसायीबाट आठ नेपाली लुटिए

कञ्चनपुर, भदौ २८ । भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठजना नेपाली सीमावर्ती भारतीय बजार बनवसानजिक सोमबार साँझ लुटिएका छन् ।

गाडी रोकेर लुटपाट गर्ने समूहका तीनजना समातिए

गाडी रोकेर लुटपाट गर्ने समूहका तीनजना समातिए

वीरगन्ज, भदौ २७ । वीरगन्ज–पथलैया करिडोरमा गाडी रोकेर लुटपाट गर्ने एउटा समूहलाई पर्सा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

डेउडा खेलिरहँदा दुई समूहबीच झडप, छुरा प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ

डेउडा खेलिरहँदा दुई समूहबीच झडप, छुरा प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ

बैतडी, भदौ २७ । चक्कु प्रहारबाट दार्चुलामा सोमबार एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिकका लागि नेपाली युवती लैजादै गरेका होटल सञ्चालक पक्राउ

भारतीय नागरिकका लागि नेपाली युवती लैजादै गरेका होटल सञ्चालक पक्राउ

इटहरी, भदौ २७ । एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् ।

बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ, पीडित पाँच बालकको उद्धार

बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ, पीडित पाँच बालकको उद्धार

काठमाडौं, भदौ २६ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बाल यौन दुराचारमा संलग्न ४८ वर्षीय अमेरिकी नागरिक केन्निथ जोसेफ कोम्बस र बाल यौन दुराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौं स्वयम्भू बस्ने २१ बर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको छ ।

भारतीय युवालाई रिहाइको माग गर्दै प्रदर्शन, दोधारा-चाँदनी तनावग्रस्त

भारतीय युवालाई रिहाइको माग गर्दै प्रदर्शन, दोधारा-चाँदनी तनावग्रस्त

कञ्चनपुर, भदौ २५ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर आज दिनभर तनावग्रस्त बन्यो ।

हतियारसहित स्कुलमा घुसेर आतंक मच्चाउने तीनजना समातिए

हतियारसहित स्कुलमा घुसेर आतंक मच्चाउने तीनजना समातिए

नवलपरासी, भदौ २५ । नवलपरासीको बेलटारीस्थित त्रिभुवन उच्च माविमा हतियारसहित पुगेर आतंक मच्चाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गूठीसूर्यपूरा–७ का सुनील कमकर, सन्तोष कमकर र पक्लिहवा–४ का अशोक कुशवाह छन् ।

दाङमा गोली चल्यो, एक घाइते, पाँचजना पक्राउ

दाङमा गोली चल्यो, एक घाइते, पाँचजना पक्राउ

दाङ, भदौ २५ । प्रहरीको गस्ती टोलीमाथि आक्रमण गर्नेहरुलाई गरेको जवाफी कारबाहीमा गोली लागेर दाङमा एकजना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर शुक्रबार रामपुर–९ का २७ वर्षीय दानबहादुर बुढा घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework