लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

इमेजखबरको फेसबुक ह्याक गर्ने पक्राउ

इमेजखबरको फेसबुक ह्याक गर्ने पक्राउ

काठमाडौं, वैशाख १२ । महानगरीय अपराध महाशाखाको टोलीले इमेजखबर डट कमको फेसबुक पेज ह्याक गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

जापान पठाउने भन्दै ठगी गर्ने कार्की पक्राउ

जापान पठाउने भन्दै ठगी गर्ने कार्की पक्राउ

झापा,बैशाख ११ । जापान पठाइदिने भन्दै रु ३७ लाख बढी रकम असुल्ने झापा शनिश्चरेका राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले विर्तामोडमा सञ्चालित फास्टट्र्याक एजुकेसन कन्सलटेन्सीमार्फत झापा, इलाम, पाँचथरलगायत जिल्लाका १५ जनालाई ‘वर्किङ भिसा’मा जापान पठाइदिने भनेर रु ३७ लाख ५० हजार असुलेको प्रहरीले जनाएको छ ।

एक लाख ३४ हजार नेपाली फरार

एक लाख ३४ हजार नेपाली फरार

काठमाडौं, बैशाख ११ । अदालतबाट दोषी ठहर भई फरार हुने संख्या करिब डेढ लाख छ । अदालतबाट दोषी ठहर भई फरार हुने को संख्या एक लाख ३४ हजार आठ सय ३९ रहेको सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

१२ जना जुवाडे पक्राउ

१२ जना जुवाडे पक्राउ

सुनसरी, वैशाख १० । धरानबाट विहीबार पक्राउ परेका १२ जना जुवाडेविरुद्ध इलाका प्रहरी कार्यालय धरानले शुक्रबार मुद्दा दर्ता गरेको छ । धरान–७ बुद्धमार्गस्थित दीपक तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जुवाडेहरुलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आचरणविपरीत काम गर्ने ३६ प्रहरीमाथि विभागीय कारबाही, एक जागिरबाटै बर्खास्त

आचरणविपरीत काम गर्ने ३६ प्रहरीमाथि विभागीय कारबाही, एक जागिरबाटै बर्खास्त

पर्सा, वैशाख ९ । संगठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ । संगठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुकासाथै अन्य ३५ जना प्रहरीलाई विभागीय कारबाही गरेको हो ।

भारत लगिँदै गरेका २५ बालबालिकाको उद्धार, दुईजना पक्राउ

भारत लगिँदै गरेका २५ बालबालिकाको उद्धार, दुईजना पक्राउ

कन्चनपुर, वैशाख ८ । रोजगारीका लागि भारत लगिँदै गरेका २५ जना बालबालिकाको कन्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ । भारतको कालापहाडमा काम लगाइदिने भन्दै भारत लैजाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले मंगलबार उद्धार गरेको हो ।

पेट्रोल लुकाउने पम्प कारबाहीमा

पेट्रोल लुकाउने पम्प कारबाहीमा

चितवन, बैशाख ७ । चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् । अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो ।

५० लाखको चेक र १२ लाख नगदसहित हुन्डी सन्चालक पक्राउ

५० लाखको चेक र १२ लाख नगदसहित हुन्डी सन्चालक पक्राउ

काठमाडौं, वैशाख ६ । अवैध कारोबार मानिने हुन्डीमार्फत् रकम ओसार–पसार गरेको अभियोगमा दुईजनालाई सोमबार महानगरीय प्रहरी वृत सोह्रखुट्टेले पक्राउ गरेको छ । राजधानीको काठमाडौं मलमा रहेको देबु ट्राभल एजेन्सीका दुईजनालाई ५० लाखको चेक र १२ लाख नगद रुपैयाँसहित लब नेपाल र दलबहादुर पुन पक्राउ परेका हुन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework