लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

देश

पानीको भाँडोमा डुबेर बालकको मृत्यु

पानीको भाँडोमा डुबेर बालकको मृत्यु

रौतहट,साउन १ । रौतहटको लक्ष्मिनिया गाविसमा पानीको भाँडोमा डुबेर आज एकजना बालकको मृत्यु भएको छ ।

‘मेडिकल विश्वविद्यालय खोले चिकित्सा क्षेत्रका समस्या समाधान’

‘मेडिकल विश्वविद्यालय खोले चिकित्सा क्षेत्रका समस्या समाधान’

राजधानीमा आज गरिएको साक्षात्कारमा चिकित्सकहरुले मनमोहन अधिकारीका नाममा मेडिकल विश्वविद्यालय खोल्न सुुझाव दिँदै यसैले नै सम्पूर्ण चिकित्सा क्षेत्रका समस्या समाधान हुने दाबी गरे ।

डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन (भिडियोसहित)

डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन (भिडियोसहित)

काठमाडौं, साउन १ । चिकित्सा शिक्षा र चिकित्सा सेवामा रहेको अनियमितताकाविरुद्धमा अनशनरत् प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ । डा. केसीको मागमा समर्थन र सांसदहरुलाई दबाब दिने उद्देश्यले स्वतन्त्ररुपमा नागरिक प्रदर्शनी भएको हो ।

‘सरकारले २ लाख बराबरको जग्गा दियो, २ करोडको आय–आर्जन गर्छु’

‘सरकारले २ लाख बराबरको जग्गा दियो, २ करोडको आय–आर्जन गर्छु’

डडेल्धुरा, साउन १ । पुस्तौंदेखि आफ्नो जग्गा नभएका डडेल्धुराका हलियाले जग्गाधनी प्रमाणपुर्जा पाएपछि खुसी भएका छन् । पुस्तौंदेखि मालिकको काम गर्दै आएका हलिया परिवारलाई सरकारले जग्गाधनी प्रमाणपुर्जा दिएपछि खुसी भएका हुन् ।

५ लाख विरुवा वितरण सुरु

५ लाख विरुवा वितरण सुरु

कैलाली, साउन १ । जिल्ला वन कार्यालय कैलालीले यो वर्ष ५ लाख विरुवा वितरण गर्न सुरु गरेको छ । निजी तथा सार्वजनिक जमिनमा वृक्षरोपणका लागि विरुवा वितरण गर्न थालिएको कार्यालयले जनाएको छ ।

पीडामाथि अर्को पीडाः भूकम्पपीडित जुकादेखि पहिरोसम्मको त्रासमा (भिडियोसहित)

पीडामाथि अर्को पीडाः भूकम्पपीडित जुकादेखि पहिरोसम्मको त्रासमा (भिडियोसहित)

दोलखा, साउन १ । दोलखाका भूकम्पप्रभावितहरुको अवस्था झन् दयनीय बन्दै गएको छ । गत वर्ष गएको शक्तिशाली भूकम्पले अस्तव्यस्त बनाएर विस्थापित भएकाहरु अहिले बाढी, पहिरो र जुकाको त्रासमा जीवन बिताउन बाध्य छन् ।

 घरमै सुतिरहेकाबेला हात्तीको आक्रमण, बृद्धाको मृत्यु

घरमै सुतिरहेकाबेला हात्तीको आक्रमण, बृद्धाको मृत्यु

चितवन, साउन १ । चितवनको माडीमा हात्तीको आक्रमणबाट एक बृद्धाको ज्यान गएको छ ।

तमोर नदीको बाढीले निर्माणाधीन पुल बगायो, स्थानीय त्रसित

तमोर नदीको बाढीले निर्माणाधीन पुल बगायो, स्थानीय त्रसित

ताप्लेजुङ, साउन १ । तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन मोटरेवल पुल बगाएको छ । शुक्रबार राति आएको बाढीले निर्माण भइरहेको मोटरेवल पुल बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

भारतीय प्रहरीका कारण नेपाली त्रसित, मंगीताको रहस्यमय हत्या, यस्तो छ ज्यादती

भारतीय प्रहरीका कारण नेपाली त्रसित, मंगीताको रहस्यमय हत्या, यस्तो छ ज्यादती

नवलपरासी, साउन १ । नेपाल–भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् । विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दैै आएका नेपाली निकै त्रसित बनेका हुन् ।

मुग्लिन–नारायणगढ अवरुद्ध सडक एकतर्फी खुल्यो

मुग्लिन–नारायणगढ अवरुद्ध सडक एकतर्फी खुल्यो

चितवन, साउन १ । चितवनको नारायणगढ–मुग्लिन सडकखन्डमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक अहिले एकतर्फी सन्चालनमा आएको छ । दारेचोक–४ मुग्लिन बजारनजिकै पहिरो खसेपछि शनिबार बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको थियो ।

‘मुन्द्रे’का यातायातका कारण व्यवसायी मर्कामा, अब कारबाही

‘मुन्द्रे’का यातायातका कारण व्यवसायी मर्कामा, अब कारबाही

कन्चनपुर, साउन १ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले निजी प्रयोजनका लागि दर्ता भएका मोटरसाइकल भाडामा प्रयोग गर्नेहरुलाई कारबाही अभियान सन्चालन गरेको छ । नीजि मोटरसाइकलमा यात्रुबाहक सवारी–साधनमा जस्तै यात्रु ओसार–पसार गर्नेक्रम बढ्दै गएपछि कन्चनपुर प्रहरीले कारबाही सुरु गरेको हो ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.