लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

देश

बारबरा एडम्सको शव एकेडेमीमा

बारबरा एडम्सको शव एकेडेमीमा

काठमाडौँ, १२ वैशाख । यही वैशाख १० गते निधन भएकी पत्रकार बारबारा एडम्सको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सोमबार बिहान ९ देखि ११ बजेसम्म राखिने भएको छ ।

कनकमणि दीक्षितलाई आज अदालत लगिने, पक्राउको सर्वत्र विरोध

कनकमणि दीक्षितलाई आज अदालत लगिने, पक्राउको सर्वत्र विरोध

काठमाडौं, बैशाख १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेका हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई आज अदालत लगिँदैछ । अकस्मात् स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार देखि वीर अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनलाई म्याद थपका लागि विशेष अदालत लैजाने तयारी गरिएको छ ।

प्रधानमन्त्रीद्वारा भूकम्पका परी दिवङ्गत भएकालाई श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा भूकम्पका परी दिवङ्गत भएकालाई श्रद्धाञ्जलि

काठमाडौँ, वैशाख १२ । गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।

शंका र भ्रमले लाग्छ मनोरोग

शंका र भ्रमले लाग्छ मनोरोग

चितवन, वैशाख १२ । चितवन दिव्यनगरकी ४५ वर्षीया एक महिलाको आँगनमा चिप्लिएर हात भाँचियो । त्यसपछि उनले झारफुक गरेर झाँक्रीले भनेको पत्याएर जडीबुटीका लहराले बाँधेर राखिन् । त्यसपछि उनले नमस्कार गर्दा हात लुकाउने, पछौराले छोप्ने, कुनै कार्यक्रम गर्दा नजाने गर्न थालिन् । एकाएक उनको जीवनमा परिवर्तन आयो । पहिले हँसिली ती महिला पछि बोल्नै छाडिन् । एक त आर्थिक अवस्था कमजोर अर्को भाँचिएको हातमा लहरा बाँधेकाले जिस्काउला भन्ने डर उनमा पैदा भयो ।

भूकम्पको एक बर्ष : के भयो बर्षदिनमा, के गर्दैछन पीडित ?

भूकम्पको एक बर्ष : के भयो बर्षदिनमा, के गर्दैछन पीडित ?

काठमाडौं, बैशाख १२ । गोर्खा भूकम्पको एक वर्ष पूरा भएको छ । ठीक एक वर्ष अगाडि आजैका दिन अर्थात् २०७२ साल वैशाख १२ गते गोर्खाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले आधा नेपाललाई तहस नहस बनाइदिएको थियो ।

प्रधानमन्त्री ओलीले सके भोजभतेरमै तीन करोड

प्रधानमन्त्री ओलीले सके भोजभतेरमै तीन करोड

काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नपुग्दै आधा दर्जन भन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई खाजा, भोज भतेरलगायत खर्च ९विविध शीर्षक०का लागि एक करोड ५० लाख रुपैयाँ दिएको थियो ।

बैशाख १२ को सुरुमै भूकम्पको धक्का, नुवाकोट केन्द्रविन्दु

बैशाख १२ को सुरुमै भूकम्पको धक्का, नुवाकोट केन्द्रविन्दु

काठमाडौं, बैशाख १२ । भूकम्प गएको वर्ष दिन पुग्दा पनि परकम्प आउन छाडेको छैन । शनिबार राति पनि नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सरकारको आस छाप्रोको बास

सरकारको आस छाप्रोको बास

२२ हजार तीन सय नौ घाइते भए । गृह मन्त्रालयका अनुसार भूकम्पबाट २५ लाख २३ हजार ६ सय ५६ पीडित बने । पाँच लाख ३६ हजार नौ सय ४८ घर पूर्ण रूपमा ध्वस्त बने । हजारौं सर्वसाधारण घरबारविहीन बने । उनीहरूको सडकको बास भयो । एक वर्ष बित्दा पनि ध्वस्त संरचना अझै बन्न सकेका छैनन् । यसबीचमा सरकार फेरियो, तर पीडितका समस्या ज्युँका त्युँ छन् । छाप्रोमुनि नै उनीहरूको बास छ ।

‘मरेर बाँचे, अहिले बाँचेर मर्दैछु’

‘मरेर बाँचे, अहिले बाँचेर मर्दैछु’

घरको चरम गरिबीका कारण ऋषिरामले पढ्न पाएनन् । सानै देखि भारतमा कमाउन गए । सुरुमा १५ सयबाट काम गर्न,थालेका उनले ५ हजार सम्म महिनाको कमाउन थालेका थिए । सबै खाडीमुलुक जान थाले पछि उनी पनि महिनाको २० हजार कमाउने सपना बोकेर डेढ वर्ष देखि कतार जाने प्रयासमा लागे । ऋषिरामको यस पटकको प्रयासले भिसा लाग्यो । त्यही भिसा उनको जीवनको अभिषाप बन्न पुग्यो ।

स्थानीयले नै बनाइदिए प्रहरीचौकी

स्थानीयले नै बनाइदिए प्रहरीचौकी

सिन्धुपाल्चोक, वैशाख ११ । सिन्धुपाल्चोकको बाह्रबिसेमा स्थनीय बासिन्दाले भूकम्पबाट ध्वस्त भएको प्रहरीचौकी निर्माण गरी हस्तान्तरण गरेका छन् । स्थानीय टोल सुधार समितिले आर्थिक संकलन गरेर प्रहरी भवन निर्माण गरी हस्तान्तरण गरेको हो ।

हाँडीगाउँमा टुँडालदेवीको जात्रा, यसरी रह्यो पोखरीको नाम ‘गहनापोखरी’

हाँडीगाउँमा टुँडालदेवीको जात्रा, यसरी रह्यो पोखरीको नाम ‘गहनापोखरी’

काठमाडौं, वैशाख ११ । काठमाडौंको हाँडीगाउँस्थित टुँडालदेवीको जात्रा स्थानीय बासिन्दाहरुले शनिबार धुमधामकासाथ मनाएका छन् । टुँडालदेवीको रथलाई हाँडीगाउँस्थित गहनापोखरीमा तीनपटक परिक्रममा गराइ टुँडालदेवीको जात्रा मनाइएको हो ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.