तनहुँ, वैशाख १८ । तनहुँको व्यासलाई विश्वमाझ चिनाउन दमौलीमा १८ महिने अखण्ड संकिर्तन कार्यक्रम सञ्चालन गरिएको छ ।
काठमाडौं, वैशाख १८ । काठमाडौंको टेकु, पचलीमा गएराति भीषण आगलागी भएको छ ।
काठमाडौं, वैशाख १८ । अन्तर्राष्ट्रिय श्रमिक दिवस सोमबार विभिन्न कार्यक्रमका साथ मनाईंदै छ । १ सय २८ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्याली जस्ता कार्यक्रम आयोजना गर्दैछन् ।
दाङ, वैशाख १७ । जन्ती बोकेको बसबाट खसेर आइतबार एकजनाको मृत्यु भएको छ ।
काठमाडौं, वैशाख १७ । सर्वोच्च अदालतले सुडानको डार्फरमा प्रहरीलाई चाहिने एपीसीलगायतका सामान खरिदमा घोटाला गरेको आरोपमा तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई जरिवाना र कैद सजायको फैसला सुनाएको छ ।
राजु चौधरी (इमेज): चितवन, वैशाख १७ । चितवनमा आइतबार दिउँसो गोली चल्दा नेकपा मालेका वडाध्यक्षका उम्मेदवार कृष्णबहादुर कुमाल घाइते भएका छन् ।
ध्रुव भट्टराई (इमेज): विराटनगर, वैशाख १७ । मोरङको उर्लाबारी–वरडंगा सडकखन्डमा आइतबार अपराह्न भएको सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
काठमाडौं, वैशाख १७ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
काठमाडौं, वैशाख १७ । राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनलाई लैंगिकमैत्री बनाउने भन्दै अनुगमन समिति गठन गर्ने भएको छ ।
काठमाडौं, वैशाख १७ । सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै अस्थायी शिक्षकहरुले फेरि आन्दोलन गर्ने भएका छन् ।
काठमाडौं, वैशाख १७ । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिमा राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदनबारे छलफल भएको छ ।