काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले गफमा भन्दा काममा विश्वास गर्ने बताएका छन् ।
काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले समस्त नेपाली जनतालाई नयाँ वर्ष २०७३ को शुभकामना व्यक्त गरेका छन् ।
कञ्चनपुर, चैत ३० । कञ्चनपुरको महाकाली नदी पारी रहेकोे दोधारा–चाँदनी नगरपालिका–१० स्थित जोगबुढा नदीमा पुल नहुँदा बर्षौंदेखि त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा भएको बस दुर्घटनामा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।
भीमदत्तनगर, चैत ३० । बझाङमा गुड्दै गरेको जिपबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
सुनसरी, चैत २९ । सुनसरीको भोक्राहा गाविस–९ स्थित मुस्लिमटोलका अग्निपीडितहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार जनही ५ हजार रुपैयाँकादरले राहत रकम वितरण गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँ र प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले पीडितहरुलाई घरमै गएर राहत कम वितरण गरेका हुन् ।
विराटनगर, चैत २९ । मोरङको बुधनगर–५ मा रहेको एक माछापोखरीमा सोमबार विस्फोट भएको छ । विस्फोटमा परी एक किशोर घाइते भएका छन् । सोमबार मध्याह्न पोखरीमा प्लास्टिकभित्र रहेको वस्तु चलाउँदा एक्कासि विस्फोट भएको र १७ वर्षीय रुपेश मण्डल घाइते भएको मोरङका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
जुम्ला, चैत २९ । नेपाल एअरलाइन्सको एउटा विमान सोमबार दिउँसो जुम्ला विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलबाट नेपालगन्जका लागि उड्नलाग्दा विमानको ‘नोज ल्यान्डिङ गेयर’को स्टेयरिङ तार चुँडिएपछि जहाजको उडान रोकिएको थियो ।
काठमाडौं, चैत २९ । घोडेजात्राको अघिल्लो दिनदेखि सुरु भएको नेवार समुदायको पाहाँचह्रे पर्व सोमबार सम्पन्न भएको छ । कङ्केश्वर अजिमालाई विधिपूर्व पूजा गरी नगरपरिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्दछ ।