लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

विचार

संक्रमणका विषाणुहरु सलबलाइरहेका बेला देउवाको यात्रा कति सहज ?

संक्रमणका विषाणुहरु सलबलाइरहेका बेला देउवाको यात्रा कति सहज ?

नेपाल संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । संक्रमणकालको अवस्था छ । शल्य चिकित्सा कक्षमा नै अहिले संक्रमणका विषाणुहरु सलबलाएको बेला छ । योभन्दा असहज अवस्था सायद नेपालमा पहिले कहिल्यै थिएन भन्नेहरु पनि छन् । तै पनि संक्रमणकाललाई चिर्दै नेपाल अगाडि बढ्दै छ ।

माफ गर्नुहोला ! यो पुस्ताका नेताले देश बनाउन सक्दैनन्

माफ गर्नुहोला ! यो पुस्ताका नेताले देश बनाउन सक्दैनन्

कुनै पनि देशको जो कोहि सामान्य ब्यक्तिले पनि देश प्रति ब्यक्त गर्ने शब्द, शब्दावली सम्मानजनक र प्रेमपूर्ण नै हुन्छ । त्यसो गर्नु जनताको पहिलो कर्तब्य हो । देश सबै जनताको साझा स्थान हो । यो कसैको बक्यौती वा बिना परिश्रम कुनै दैविशाक्तिले प्रदान गरेको बस्तु होईन जसलाई पुजा गरे मात्र जनताहरु सुखी हुन्छन् । त्यकारण देश जनताले निर्माण गर्ने हो । राष्ट्र जनताको संगठित एकाइको प्रतिबिम्ब हो र राष्ट्रियता सम्पूर्ण जन-भावनाको परिधि हो । जसले सबै जनताको सामुहिक र सुरक्षित आवाजको प्रतिनिधित्व गर्छ ।

आयोगलाई सहयोग नगरे अन्तर्राष्ट्रिय हस्तक्षेप निश्चित

आयोगलाई सहयोग नगरे अन्तर्राष्ट्रिय हस्तक्षेप निश्चित

विजय पौडेल-- ‘मौखिक रुपमा अर्थात भनाईमा पुगेको महसुश गरेको छु तर गराईमा त्यो अवस्था रहेको छैन,’ यो जवाफ ‘विस्तृत शान्ति सम्झौतामा उल्लेख गरि उच्चस्तरीय आयोग बनाउने भनेर जुन गरिमा र गाम्भिर्यता सत्य निरुपण र बेपत्ता आयोग सम्वन्धमा दलहरुले देखाए, के गठन गर्दा र त्यसपछि, त्यो उच्चस्तरको गाम्भिर्यता पुगेको देखियो ?’ भन्ने प्रश्नमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य किरण गुरुङको हो ।

सफल कि असल बन्ने ?

सफल कि असल बन्ने ?

पेशल आचार्य-- जीवनमा दुईवटा बाटा छन् । सफल र असल । दुवै बाटा सरल भने होइनन् । जटिल हुन् । दुवै बाटा घुमाउरा छन् तर संसारका महान् व्यक्तित्वहरू यिनै घुमाउरा बाटा हिँड्छन् । जसले घुमाउरो बाटो हिँड्ने प्रयत्न गर्छ, उसको जीवनको पहिलो चरण कठिन हुन्छ । मध्य भागमा गएर अलिअलि नाम कमाउँछ र उत्तरार्द्धमा गएर उसको नाम महामानवको कोटीमा पुग्छ । संसारको दृष्टान्तले यही देखाएको छ ।

महाभारतकी कुन्ती- १५

महाभारतकी कुन्ती- १५

हरिविनोद अधिकारी- हाम्रो कुरु परिवारको निहुँले जुन भयङ्कर युद्ध भयो, के त्यो टार्न सकिन्थ्यो ? मेरा छोराहरुलाई कुरुवंशी नै मान्न तयार थिएनन् पहिले एकथरि । स्वयं जेठाजु मुखले त केही नभन्ने, मलाई देख्यो कि भाइको सम्झनाले भक्कानिएर रुन थाल्ने ।

प्रधानमन्त्रीको न्यानो बिदाइ, चीसो स्वागत !

प्रधानमन्त्रीको न्यानो बिदाइ, चीसो स्वागत !

नरेन्द्रराज पौडेल -- जमीनमाथि पर्ने पानीको खडेरीभन्दा मान्छेभित्रको बानीको खडेरी पक्कै घातक हुन्छ । त्यसमा पनि यतिबेर नेपाली राजनीतिका खेलाडीहरुको मन, बचन, कर्म जताततै इमानको खडेरी व्याप्त छ । हुँदाहुँदै त्यो खडेरीले देशका संवैधानिक निकायहरुसमेत रजनीतिसँगको लसपसले गर्दा बढी नै आक्रान्त बनेका छन् । त्यसैले गीतामा भनिएको होला– संगात् सञ्जायते काम ।

नयाँ दलको मत : वितृष्णाको कि आकर्षणको ?

नयाँ दलको मत : वितृष्णाको कि आकर्षणको ?

पेशल आचार्य-- प्रशिद्ध छन्दवादी कवि भरतराज शर्मा मन्थलीयका छोरा झङ्कारराज शर्मा रूचिले मात्रै साहित्य पढ्ने गर्छन् तर लेख्दैनन् । उनी नेपाली र विश्व साहित्यका गम्भीर पाठक हुन् । भर्खरै उनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘फेसबुकमा लेखेको मात्र जम्मा गर्ने हो भने साथी हो एउटा किताब नै निस्कन्छ कि ? कतै फेसबुकमा इज्जत नभएका नेताको बारेमा तितो पोख्नुभन्दा आफ्ना मिठा कुरा पो लेख्नु जाति ।’

बीपी र निधिजीको अवमूल्यन गर्ने गरी बाँडिएको पदक, मान र सम्मान

बीपी र निधिजीको अवमूल्यन गर्ने गरी बाँडिएको पदक, मान र सम्मान

यसपटकको गणतन्त्र दिवसमा वितरित पदक, मान सम्मान र विभूषणको विवरणमा समेटिएका नामले नेपाल आमाका सपूत बीपी कोइराला र महेन्द्रनारायण निधिको नेपालप्रतिको योगदानको अवमूल्यन भएको मानिन्छ ।

बिग्रेको घडीले नाडीको शोभा दिन्छ तर समय हेर्न काम लाग्दैन

बिग्रेको घडीले नाडीको शोभा दिन्छ तर समय हेर्न काम लाग्दैन

प्रजातन्त्र, लोकतन्त्रको सबभन्दा ठूलो र मूल चुरो एवंम् मान्यता भनेकै आवधिक चुनाव हो । यसको सुन्दरता भनेकै व्यक्ति, पार्टी, आफ्नो आस्था र विचारको निर्वाध (डर, त्रास, भय र आतंकको छायाँ नभएको भनेर बुझ्नुपर्छ चुनावको क्रममा जे जस्ता हर्कत जो जसबाट भए, गरिए पनि) छनौट हो । चुनाव हो । चुनावले जनताले आफ्नो प्रतिनिधि आफै छान्ने र शासन प्रक्रियामा प्रत्यक्ष अप्रत्यक्ष सहभागिता जनाउने सुवर्ण मौका हो ।

मुलुक अब कता जान्छ ? खुल्दुलीको शुरुआत

मुलुक अब कता जान्छ ? खुल्दुलीको शुरुआत

पेशल आचार्य -- नेपालमा स्थानीय तह चुनाव हुनु नै अहिलेका लागि सबैभन्दा ठूलो कुरो भयो । अझ दोस्रो चरण चुनाव हुनै बाँकी छ । पहिलो चरणको चुनाव पनि हुन्छ/हुन्नका बीच भएरै छाड्यो । सवाल कसले कति स्थानमा जित्यो ? कसले कति सिट पायो ? कसले महानगर, उपमहानगर र नगरपालिकामा खाता खोल्यो भन्ने होइन ।

महाभारतकी कुन्ती-१४

महाभारतकी कुन्ती-१४

राजनीतिप्रति रानीहरुको खासै चासो रहँदैन थ्यो तर आफ्ना वंशको राज्य निरन्तरताले गर्दा चासो देखिनु पर्छ र देखिन्थ्यो । चासो छैन भन्दै चासो देखाउने चलन पुरानै हुँदो रहेछ दरबारमा । गान्धारी दिदी वास्तवमा निस्पृह र निर्मोही राजमहिषी हो । उहाँमा दम्भ पनि थिएन, लोभ पनि देखिँदैन थ्यो र एउटा पतिव्रता नारी पनि हो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework