लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

विचार

पृथ्वीनारायण शाहको सम्मानले अरु कोही होचो-पुड्को हुनुपर्दैन

पृथ्वीनारायण शाहको सम्मानले अरु कोही होचो-पुड्को हुनुपर्दैन

समाज विज्ञानको सामान्य नियम निषेधमा बिद्रोह हुन्छ । निषेधमा प्रतिशोध मौलाउँदै जान्छ इख र इर्श्याले गहिरो घर बनाउछ । निषेधले समाजमा बिग्रह र बिघटनलाई आमन्त्रण गर्छ । राजनीति धर्म समाज, समुदाय परिवार व्यक्ति जहाँ जहाँ निषेध हुन्छ, प्रतिबन्ध हुन्छ, बहिस्करण र व्यवधान हुन्छ त्यहाँ त्याँहा विद्रोहको अग्निबिज थाहा पाएर नपाएर हुर्कदै रहन्छ ।

पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु

पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु

अलि दिन अघि विश्वहिन्दु महासंघको उद्घाटन समारोलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान शासकीय अव्यवस्था र नेतृत्वको अकर्मण्यताको खिल्ली उडाउँदै जनविद्रोहको ध्वाँस दिएका थिए । विरोधमा ङार्रङुर्र वक्तव्यबाजी भएपनि खासै त्यसको असर देखिएन । तर त्यसको एक महिनापछि अस्ति बुधवार मात्रै लामो विज्ञप्ति प्रकाशित गरेर न हाँस न कौवाको चालमा लर्खराइरहेको वर्तमान नेतृत्व पङ्क्तिलाई पेटका किरा मर्नेगरी मज्जैले ललकारे ।

नयाँ ‘क्यारेक्टर’ प्रस्ताव

नयाँ ‘क्यारेक्टर’ प्रस्ताव

वर्षका ३६५ दिनहरूलाई एउटा क्षमतावान् र समयनिष्ठ व्यक्तिले मात्र नभएर राष्ट्रले पनि क्यालेण्डरका रूपमा दैनिक र वार्षिक कार्ययोजना बनाएर सोही मुताविक राज्य प्रशासन, दैनन्दिन विकास र सुदूर भविष्यका योजनाहरू तय गर्ने हो भने अबको नेपाल स्रोत, साधन, चाहना, इच्छाशक्ति र मानव संशाधनका हरेक प्राविधिक र प्रशासनिक तवरमा निम्छरो र कमजोर पक्कै छैन ।

महाभारतकी कुन्ती–६

महाभारतकी कुन्ती–६

भन्यो रे कृष्णले कि हे अर्जुन तिमी फलको आशा नगरेर आफ्नो काम पो गर न । भाग्य, कर्म र परिणामको पुञ्ज हो मान्छे । न भाग्यमात्रले हुन्छ, न कर्मले मात्र हुन्छ र न परिणाम चाहँदैमा आफूले चाहेजस्तो हुन्छ । कसैले चाहेर पनि हुँदैन, नचाहेर पनि हुँदैन र नचाहँदैमा हुनुपर्ने कुरा नभई पनि छोड्दैन र नहुनुपर्ने कुरा चाहँदैमा हुन पनि सक्दैन । तर मान्छेद्वारा नै यी सबै कुरा सम्पादन हुन्छन् । यिनै हुन् मान्छेका विशेषता अर्जुन । तिमीलाई केको विषाद आइलाग्यो ? यसो केके भन्दै थियो कृष्ण , जेठाजुले सञ्जयलाई सोध्नु भयो–होइन, के भन्छ यो वसुदेव पुत्र ? कुरो बुझ्ने नै गर्दैन त ? अनि अर्जुन के गरिरहेको छ त सञ्जय ?

 'बुमर्याङ्' मा परेका प्रचण्ड

'बुमर्याङ्' मा परेका प्रचण्ड

प्रधानमन्त्रीको सम्पत्ति प्रकरणले यतिखेर जगत हँसाउने काम गरेको छ । कार्टुनिष्ट रवीन सायमीले प्रतीकार्थमा पुगेर सो विवरणको व्यङ्ग्य गर्दै कार्टुन बनाए । सम्पत्ति ‘हात्ती’ जत्रो तर विवरण ‘पुच्छर’ मात्रै ।

विद्यालय कि वधशाला !

विद्यालय कि वधशाला !

आजभन्दा डेढ दशकअघि शिक्षक मुक्तिनाथ शर्मालाई दुराडााँडाको सर्वोदय माध्यमिक विद्यायलयको प्राङ्गण अगाडि रुखमा बाँधेर गोली ठोकी हत्या गरेका थिए माओवादीहरुले । मान्छेभित्र चेतनाको विकास गर्ने र सामाजिक जागरणको संबाहक मानिने शिक्षकमाथि भएको त्यो निर्मम प्रहार समाज सभ्यता र सिङ्गो मानवतामाथि क्रूर दमनको नमूना थियो । यस्ता सयौं शिक्षक र हजारौं सर्वसाधारण नगरिकको हत्या माओवादी आतङ्क कालमा गरियो ।

महाभारतकी कुन्ती—५

महाभारतकी कुन्ती—५

हामी गाईलाई गौमाताको रुपमा पूजा गथ्र्यौँ । माइती ब्रजमा , मथुरामा त्यसबेला ९ लाख गाई थिए रे हामी गाईका धनी । हामी शान्त स्वभावका यादवहरु, गौमाताको सेवा गरेर दूध , दही, घिउ, कुराउनी , मोही , दूधको तर खाएर हुर्किएका थियौँ ।

महाभारतकी कुन्ती-भाग ४

महाभारतकी कुन्ती-भाग ४

अनि भर्खर जन्मेको बच्चालाई बगाउनु भन्दा पहिले मलाई के विचार आयो भने यसै उसै बगाउने नै भएँ । हुन त त्यस्तोमा बच्चा मार्ने चलन पनि हुन्छ । म आफैं आफ्नो सबैभन्दा निर्णयकर्ता । तर अचानक भएको यो घटना घटाउने पनि सूर्य र अहिले सबै हेरिरहेका पनि सूर्य । उनले एउटा कुरामा भने मलाई सतर्क गराएका थिए-यसलाई नमार्नू किनभने तिमीले मारेर पनि यो मर्दैन ।

हाम्रो नियति र सिसिफसको कथा

हाम्रो नियति र सिसिफसको कथा

फ्रेन्च लेखक अल्वेयर कामुले एउटा रमाइलो पौराणिक कथाको पुनःसृजन गरेका छन जसको शिर्षक छ सिसिफसको कथा । ठूलै बदमासी गरेर होला, सिसिफसका रुखहरुलाई ईश्वरले श्राप दिएछन । जसअनुसार पहाडको शिखरबाट फेदीमा झरेको ढुङ्गालाई उनीहरुले बोकेर चुचुरोमा पुर्याँँउनु पर्ने भयो । उनीहरु सकीनसकी उकालोमा घंचेट्तै बोक्तै र उचाल्दै ढुङ्गो पहाडको टुप्पोमा पुर्याउँथे अनि एक छिन आरामको सुस्केरा लिन्थे ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.