लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

महाभारतकी कुन्ती–६

महाभारतकी कुन्ती–६

भन्यो रे कृष्णले कि हे अर्जुन तिमी फलको आशा नगरेर आफ्नो काम पो गर न । भाग्य, कर्म र परिणामको पुञ्ज हो मान्छे । न भाग्यमात्रले हुन्छ, न कर्मले मात्र हुन्छ र न परिणाम चाहँदैमा आफूले चाहेजस्तो हुन्छ । कसैले चाहेर पनि हुँदैन, नचाहेर पनि हुँदैन र नचाहँदैमा हुनुपर्ने कुरा नभई पनि छोड्दैन र नहुनुपर्ने कुरा चाहँदैमा हुन पनि सक्दैन । तर मान्छेद्वारा नै यी सबै कुरा सम्पादन हुन्छन् । यिनै हुन् मान्छेका विशेषता अर्जुन । तिमीलाई केको विषाद आइलाग्यो ? यसो केके भन्दै थियो कृष्ण , जेठाजुले सञ्जयलाई सोध्नु भयो–होइन, के भन्छ यो वसुदेव पुत्र ? कुरो बुझ्ने नै गर्दैन त ? अनि अर्जुन के गरिरहेको छ त सञ्जय ?

 'बुमर्याङ्' मा परेका प्रचण्ड

'बुमर्याङ्' मा परेका प्रचण्ड

प्रधानमन्त्रीको सम्पत्ति प्रकरणले यतिखेर जगत हँसाउने काम गरेको छ । कार्टुनिष्ट रवीन सायमीले प्रतीकार्थमा पुगेर सो विवरणको व्यङ्ग्य गर्दै कार्टुन बनाए । सम्पत्ति ‘हात्ती’ जत्रो तर विवरण ‘पुच्छर’ मात्रै ।

विद्यालय कि वधशाला !

विद्यालय कि वधशाला !

आजभन्दा डेढ दशकअघि शिक्षक मुक्तिनाथ शर्मालाई दुराडााँडाको सर्वोदय माध्यमिक विद्यायलयको प्राङ्गण अगाडि रुखमा बाँधेर गोली ठोकी हत्या गरेका थिए माओवादीहरुले । मान्छेभित्र चेतनाको विकास गर्ने र सामाजिक जागरणको संबाहक मानिने शिक्षकमाथि भएको त्यो निर्मम प्रहार समाज सभ्यता र सिङ्गो मानवतामाथि क्रूर दमनको नमूना थियो । यस्ता सयौं शिक्षक र हजारौं सर्वसाधारण नगरिकको हत्या माओवादी आतङ्क कालमा गरियो ।

महाभारतकी कुन्ती—५

महाभारतकी कुन्ती—५

हामी गाईलाई गौमाताको रुपमा पूजा गथ्र्यौँ । माइती ब्रजमा , मथुरामा त्यसबेला ९ लाख गाई थिए रे हामी गाईका धनी । हामी शान्त स्वभावका यादवहरु, गौमाताको सेवा गरेर दूध , दही, घिउ, कुराउनी , मोही , दूधको तर खाएर हुर्किएका थियौँ ।

महाभारतकी कुन्ती-भाग ४

महाभारतकी कुन्ती-भाग ४

अनि भर्खर जन्मेको बच्चालाई बगाउनु भन्दा पहिले मलाई के विचार आयो भने यसै उसै बगाउने नै भएँ । हुन त त्यस्तोमा बच्चा मार्ने चलन पनि हुन्छ । म आफैं आफ्नो सबैभन्दा निर्णयकर्ता । तर अचानक भएको यो घटना घटाउने पनि सूर्य र अहिले सबै हेरिरहेका पनि सूर्य । उनले एउटा कुरामा भने मलाई सतर्क गराएका थिए-यसलाई नमार्नू किनभने तिमीले मारेर पनि यो मर्दैन ।

हाम्रो नियति र सिसिफसको कथा

हाम्रो नियति र सिसिफसको कथा

फ्रेन्च लेखक अल्वेयर कामुले एउटा रमाइलो पौराणिक कथाको पुनःसृजन गरेका छन जसको शिर्षक छ सिसिफसको कथा । ठूलै बदमासी गरेर होला, सिसिफसका रुखहरुलाई ईश्वरले श्राप दिएछन । जसअनुसार पहाडको शिखरबाट फेदीमा झरेको ढुङ्गालाई उनीहरुले बोकेर चुचुरोमा पुर्याँँउनु पर्ने भयो । उनीहरु सकीनसकी उकालोमा घंचेट्तै बोक्तै र उचाल्दै ढुङ्गो पहाडको टुप्पोमा पुर्याउँथे अनि एक छिन आरामको सुस्केरा लिन्थे ।

संघीयता बारेमा रिथिंक र रिभिजिट गरौं

संघीयता बारेमा रिथिंक र रिभिजिट गरौं

अरस्तु ,प्लेटो, एरिसटोटल, सुकरात,मार्क्स, माओ, लेनीन, गान्धी, बिपी, पुष्पलाल हुँदै आम सामान्य र सर्वसाधारण मान्छेदेखि सबै खालका बौद्धिक,अबौद्धिक जमातले सोच्ने सम्झने र कल्पना गर्ने आदर्श र कल्याणकारी राज्य नै हो । विगतदेखि वर्तमानसम्म आज देखि भोलि पनि गरिने गरिएको कल्पना रामराज्य नै हो । यानेकि सुबिधा सम्पन्न भेदभावबिहीन सबैको बराबरी हैसियत हुने समुन्नत राष्ट्र ।

खोई ? नेपाली ‘फिडेल क्यास्ट्रो !’

खोई ? नेपाली ‘फिडेल क्यास्ट्रो !’

साँचो कुरा हो –देश त्यसै हावामा चल्दैन । तर नेपाललाई हावामा चलाइन खोजिँदैछ । अतुल सम्भावना भएर पनि नेपाललाई कसैले अघि लैजान सकेन । हामीले प्रजातन्त्र र संविधान भनेर रटेकै पनि ६६ वर्ष भैसक्यो । सत्तामा आएका र देशलाई अघि बढाउन चाहने नायकलाई कहिले काम गर्न दिइएन । कहिले सत्तालिप्साका कुनायकलाई कुनै विकासै चाहिएन ।

नारायणगोपाल कस्ता थिए ?

नारायणगोपाल कस्ता थिए ?

नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तराइका घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् । नारायणगोपाल प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्य तथा रामदेवी गुरुवाचार्यका सुपुत्रका रूपमा काठमाडौँको किलागलमा १९९६ साल असोज १८ गते जन्मेका थिए ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework