लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

राजनीति

महिला संघमा देउवा-सिटौला प्यानल विजयी, कसले कति मत पाए ?

महिला संघमा देउवा-सिटौला प्यानल विजयी, कसले कति मत पाए ?

काठमाडौं,असोज १ । नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन् । नेतृत्वका लागि शुक्रबार भएको मतदानमा उनले आफ्ना प्रतिस्पर्धी मीना पाण्डेलाई हराएकी हुन् ।

भारतीय राष्ट्रपति मुखर्जीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता

भारतीय राष्ट्रपति मुखर्जीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता

नयाँदिल्ली, भदौ ३१ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

संविधान कार्यान्वयन पहिलो काम : देउवा

संविधान कार्यान्वयन पहिलो काम : देउवा

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन पहिलो काम हो भन्दै सबैको सहमति भएमा देशका सबै समस्या समाधान हुने बताएका छन् ।

एमाले महासचिव पोखरेलले लगाए प्रधानमन्त्री दाहालमाथि गम्भीर आरोप

एमाले महासचिव पोखरेलले लगाए प्रधानमन्त्री दाहालमाथि गम्भीर आरोप

नवलपरासी, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘भारतसँग कागज गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल तमसुक बोकेर नयाँदिल्ली पुगेको’ आरोप लगाएका छन् ।

इन्जिनियर्स एसोसिएसनको मतदान सकियो, पार्टीनिकटकै प्यानल मैदानमा

इन्जिनियर्स एसोसिएसनको मतदान सकियो, पार्टीनिकटकै प्यानल मैदानमा

काठमाडौं, भदौ ३१ । देशभरका इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शुक्रबार देशभर एकैसाथ मतदान सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि विभिन्न पार्टीनिकट पाँचओटा प्यानल चुनावी मैदानमा रहेका छन् ।

‘संविधानको कुन धाराले कुन समुदाय, कुन जाति र वर्गको अधिकार कुन्ठित गरेको छ ?’

‘संविधानको कुन धाराले कुन समुदाय, कुन जाति र वर्गको अधिकार कुन्ठित गरेको छ ?’

कन्चनपुर, भदौ ३१ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनका विषयमा स्पस्ट धारणा आउनुपर्ने बताएका छन् ।

मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले यसो भने (हेर्नोस्, १३ तस्वीर)

मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले यसो भने (हेर्नोस्, १३ तस्वीर)

नयाँदिल्ली, भदौ ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिबृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुबै मुलुकले लाभ लिनुपर्ने बताएका छन् ।

नेपालको विषयमा भारतीय प्रधानमन्त्री मोदीले के भने ?

नेपालको विषयमा भारतीय प्रधानमन्त्री मोदीले के भने ?

नयाँदिल्ली, भदौ ३१ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको चाहना भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत् गर्दै हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका लागि नयाँ र समृद्ध सम्बन्धको विकसित चरणअन्तर्गत् हातेमालो गर्न आफू तयार रहेको पनि उल्लेख गरे ।

महिला संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

महिला संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं, भदौ ३१ । नेपाल महिला संघको तेस्रो महाधिवेशनको मतदान कार्य जारी छ । निर्वाचन समितिले शुक्रबार बिहान ९ः३० बजेदेखि निर्वाचन गराउने तयारी गरेपनि प्राविधिक कारणले साढे दुईघन्टा ढिला सुरु भएको सचिवालय निर्देशक सूर्य संग्रौलाले राससलाई जानकारी दिए ।

महिला संघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन

महिला संघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ ।

संविधान कार्यान्वयनको प्रक्रिया सुरु भयो : प्रधानमन्त्री

संविधान कार्यान्वयनको प्रक्रिया सुरु भयो : प्रधानमन्त्री

नयाँदिल्ली, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको बताएका छन् । नेपाली दूतावास नयाँदिल्लीले विहीबार दिल्लीमा आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान र संघीयताको कार्यान्वयनको प्रक्रियाले गति लिएको र त्यसका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गरिरहेको बताए ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework