लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

‘संसद विघटन हुन सक्दैन’, प्रधानमन्त्री यसरी ‘मुक्त’ हुन्छन् (भिडियोसहित)

‘संसद विघटन हुन सक्दैन’, प्रधानमन्त्री यसरी ‘मुक्त’ हुन्छन् (भिडियोसहित)

काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपालको राजनीतिमा सत्ता खेलको विषय फेरि चर्चामा छ । सत्ताको घनचक्करले राजनीतिक दलहरु तीव्र विभाजित भइरहेकाबेला विभिन्न क्षेत्रका व्यक्तिहरुले ओली सरकारको अडान र उनीविरुद्ध आएको अविश्वास प्रस्तावबारे बेग्ला–बेग्लै तर्क गरेका छन् ।

प्रधानमन्त्रीले देउवा र दाहाललाई बैठकमा बोलाए

प्रधानमन्त्रीले देउवा र दाहाललाई बैठकमा बोलाए

काठमाडौं, साउन ३ । सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेकोबेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।

दाहालले पाए रिक्त सदस्य थप गर्ने जिम्मा

दाहालले पाए रिक्त सदस्य थप गर्ने जिम्मा

काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रले रिक्त पोलिटब्युरो, सचिवालय र केन्द्रीय कार्यालयमा थप गर्ने सदस्यकाबारेमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले सो निर्णय गरेको हो ।

नयाँ सरकार गठनको सम्भावना छैन : उपप्रधानमन्त्री रावल

नयाँ सरकार गठनको सम्भावना छैन : उपप्रधानमन्त्री रावल

काठमाडौं, साउन ३ । उपप्रधान एवं रक्षा तथा गृहमन्त्री भीम रावलले संविधानतः मुलुकको संक्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् । रिपोर्टर्स् क्लबले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने दृढता प्रकट गर्दै संविधानद्वारा निर्दिष्ट मार्ग अवलम्बन गरी मुलुकलाई अगाडि बढाइने बताए ।

एमालेको योजनाबाट डराए : ज्ञवाली

एमालेको योजनाबाट डराए : ज्ञवाली

भक्तपुर, साउन ३ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेकपा एमालेलाई संविधानको माया भएकाले अविश्वास प्रस्ताव पारित भएपछि आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । सोमबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले अविश्वासको प्रस्तावपछि एक मिनेट पनि सरकारमा नबस्ने उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने संघीय गठबन्धनको निर्णय

प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने संघीय गठबन्धनको निर्णय

काठमाडौं, साउन ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा सोमबार बसेको गठबन्धनको बैठकले अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।

संघीय गठबन्धनद्धारा आन्दोलनको घोषणा, बर्तमान सरकारसँग बार्ता नगर्ने

संघीय गठबन्धनद्धारा आन्दोलनको घोषणा, बर्तमान सरकारसँग बार्ता नगर्ने

काठमाडौं, साउन ३ । संघीय गठबन्धनले वर्तमान सरकारसँग वार्ता हुन नसक्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस–माओवादीलाई कसरी सघाउने भन्ने विषयमा संघिय गठबन्धन बैठकमा

कांग्रेस–माओवादीलाई कसरी सघाउने भन्ने विषयमा संघिय गठबन्धन बैठकमा

काठमाडौं, साउन ३ । वर्तमान सरकारविरुद्ध कांग्रेस–माअ‍ोवादीले अविश्वास प्रस्ताव दर्ता गरेपछिको विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न मधेसी मोर्चासहित संघिय गठबन्धन आवद्ध दलहरु बैठकमा जुटेका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework