लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

नेपाली मुक्ति मोर्चाले सर्वपक्षीय सम्मेलन गर्ने, भारतीय नेता आउने

नेपाली मुक्ति मोर्चाले सर्वपक्षीय सम्मेलन गर्ने, भारतीय नेता आउने

काठमाडौं, चैत २९ । नेपाली मुक्ति मोर्चा नेपालले राष्ट्रलाई वर्तमान संवैधानिक संकटबाट मुक्त गरी वैकल्पिक संविधान निर्माणका लागि सर्वपक्षीय सम्मेलन गर्ने भएको छ । मोर्चाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी वैशाख २५ गते काठमाडौंमा आयोजना हुने सर्वपक्षीय सम्मेलनमा संसदमा रहेका र बाहिर रहेका सबैपक्षलाई समेटिने जानकारी दिइयो ।

एमाले बैठकमा तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग

एमाले बैठकमा तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग

काठमाडौं, चैत २९ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा स्थानीय निकायको निर्वाचनले सबैभन्दा बढी चर्चा पाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि गठन भएका समूहका टोली नेताहरुले अविलम्ब स्थानीय निर्वाचनको माग गरेका हुन् ।

प्रधानमन्त्री पत्नीसहित बिजुक्छे निवास पुगे

प्रधानमन्त्री पत्नीसहित बिजुक्छे निवास पुगे

भक्तपुर, चैत २९ । प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच सोमबार भेटवार्ता भएको छ । कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनःनिर्माणको काम सुरु हुनुपर्नेबारेमा छलफल भएको थियो । करिब आधाघन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताए ।

चन्द अस्पताल भर्ना

चन्द अस्पताल भर्ना

काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवं प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि सोमबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका छन् ।

उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य छैन : देउवा

उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य छैन : देउवा

काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य नभएको बताएका छन् ।

बन्द, हड्ताल नगर्न सञ्चारमन्त्रीको आग्रह

बन्द, हड्ताल नगर्न सञ्चारमन्त्रीको आग्रह

विराटनगर, चैत २९ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिले नै वर्तमान सरकारको विकल्प सोच्न नसकिने बताएका छन् ।

लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गए कारवाही : गृहमन्त्री

लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गए कारवाही : गृहमन्त्री

विराटनगर, चैत २९ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनका नाममा कोही लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गए सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework