बख्तरबन्द रेल चढेर चीन पुगे उत्तर कोरियाली नेता किम जोङ उन

news

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी वार्ताका बारेमा छलफल गर्न किम चीन गएका हुन् ।

तीन दिने चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिसँग हुने आगामी वार्ताका मस्यौदामाथि चीनका राष्ट्रपति सी जिनपिङसँग छलफल गर्ने अनुमान गरिएको छ ।

गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेट अघि पनि नेता किमले चिनियाँ राष्ट्रपतिसँग परामर्श गरेका थिए ।

श्रीमती रि सोल जुसँगै नेता किम अति सुरक्षित मानिने बख्तरबन्द रेलमा बेइजिङ पुगेको बताइएको छ ।

उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन उसको प्रमुख कूटनीतिक साझेदार पनि हो ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया