एसियन कप फुटबलमा जापान, कतार र उज्वेकिस्तान विजयी

news

काठमाडौं । उपाधि दावेदार जापानले युएईमा जारी एसियन कप फुटबलमा विजयी सुरुवात गरेको छ ।

एसियन पावर हाउस जापानले गएराती भएको खेलमा तुर्कमिनिस्तानलाई ३–२ ले हरायो ।

गएराती भएको अर्को खेलमा उज्वेकिस्तानले ओमनालाई २–१ ले पराजित गर्दा कतारले लेबननमाथि २–० को जित निकाल्यो ।

एसियन कप फुटबलमा आज तिन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पोने ५ वजे बहराईन र थाईल्याण्ड भिड्दा सवा ७ वजे जोर्डन र सिरिया तथा राती पौने १० वजे भारत र आयोजक युएई भिड्नेछन् ।

पहिलो खेलमा थाईल्याण्डलाई ४–१ ले हराउँदै सनसनी मच्चाएको भारत आज लगातार दोस्रो जितको खोजिमा छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया