मृत्यु संस्कारमा बहस आवश्यक : मुख्यमन्त्री पोखरेल

news
फाइल तस्वीर ।

घोराही, पुस २६ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताएका छन् ।

परम्परागत संस्कारकारुपमा गरिने १३ दिनको काजकिरिया समयानुसार निकै कस्टकर मानिएको तर पुरानो संस्कार भएको हुँदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनुपर्ने देखिएको बताएका छन् ।

आधुनिकता र व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उनको सुझाव छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२औं दिनको अवसरमा नगरप्रमुख चौधरीको घरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा बोल्दै उनले अब समाज सुधारलाई ध्यान दिनुपर्ने धारणा राखे ।

उनले यस्तो विषयलाई क्रमशः जनताको साथ लिएर, जनताको अभिमतबाटमात्रै सामाजिक संस्कार सुधार गर्नुपर्ने बताए ।

समाजलाई सँगसँगै लिएरमात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उनको भनाइ थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...