जिल्ला अस्पतालमा रगत अभाव

news

नुवाकोट, पुस २७ । नुवाकोट जिल्ला अस्पताल, त्रिशूलीमा रगतको अभाव भएको छ ।

नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताइन् । दैनिक १० जनासम्म सुत्केरी गराउन आउने जिल्ला अस्पतालस्थित रक्त सञ्चार केन्द्रमा आवश्यक रगत नहुँदा बिरामी आफैंले रगतको व्यवस्थापन गर्दै आएका छन् ।

अस्पतालले सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरेको छ । नियमितरुपमा रक्तदान कार्यक्रम नहुँदा आवश्यक रगत उपलब्ध नभएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ । केन्द्रले आवश्यक रगत रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी संकलन गर्दै आए पनि पछिल्लो समय रक्तदान कार्यक्रम नहँुदा रगत अभाव भएको हो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया