डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, रक्तचाप कम हुँदै

news

इलाम, पुस २७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।

बुधबारदेखि इलाममा पुगेर अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ ।

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर, डा. केसीले सुगरको परीक्षण गर्न मानेका छैनन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया