सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन उग्र, मृतकको संख्या २२ पुग्यो

news

खार्तुम, पुस २७ । सुडानमा पाउरोटी र इन्धनको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलनमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि आन्दोलन चर्किएको हो । राजधानी खार्तुममा ठूलो संख्यामा भेला भएर नागरिकले प्रदर्शन गरेपछि प्रहरीले कारबाही गर्दा उनीहरुको मृत्यु भएको बताइएको छ ।

जनस्तरमा असर पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरु र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा कयौं घाइते भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल बसिरको राजीनामासमेत माग गरेका छन् ।

मूल्य समायोजनको मागसहित प्रदर्शनमा उत्रेका सयौैं प्रदर्शनकारीले सरकारको विरोध गर्दै ठाउँठाउँमा सडक अबरुद्ध गर्नुका साथै सरकारी र सार्वजनिक सवारी साधनमा आगजनीसमेत गरेका छन् । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...