अमेरिकी प्रहरीद्वारा रोनाल्डोको डिएनए नमुना माग

news

काठमाडौं, पुस २७ । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ । बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले उनको डिएनए नमुना माग गरेको हो ।

इटलीको युभेन्टस क्लबका वकिल पिटर क्रिस्टियानसेनले लस भेगस प्रहरीबाट रोनाल्डोको डिएनए नमुना माग गरिएको पुष्टि गरे । उनले प्रहरीको यस्तो माग ‘स्वाभाविक’ भएको बताए ।

क्याथरिन मायोर्गा नाम गरेकी महिलालाई रोनाल्डोले सन् २००९ मा लस भेगसको होटलमा यौन आक्रमण गरेको आरोप लागेको छ । रोनाल्डोले भने उक्त आरोप अस्वीकार गरेका छन् । उनले सहमतिमै यौन सम्बन्ध रहेको दावीसमेत गरेका छन् ।

अमेरिकी सञ्चार माध्यमका अनुसार मायोर्गाको वस्त्रमा अर्को व्यक्तिको डिएनए पाइएको थियो । उक्त डिएनए रोनाल्डोकै भएको आशंका गरिएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया