वडाध्यक्षद्वारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

news

कैलाली, पुस २७ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१ का अध्यक्ष शर्मानन्द भट्टले ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् ।

वडाध्यक्ष भट्टले २५० जना ज्येष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका लागि शुक्रबार ब्ल्यांकेट वितरण गरेका हुन् ।

उनले आफ्नो रकमबाट २५० जनालाई न्यानो कपडा वितरण गरेको बताए ।

वडाध्यक्ष भट्टले आफू सधैं जनताको सेवामा लाग्ने भन्दै आउँदा दिनहरूमा पनि आफूलाई यहाँसम्म पुर्‍याउने जनताको सेवा–सुविधाका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया