प्रधानसेनापति थापा भारत प्रस्थान

news

काठमाडौं, पुस २७ । प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार ६ दिने भारत भ्रमणमा गएका छन् ।

भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार बिहान उनी भारत भ्रमणमा गएका हुन् ।

उनलाई शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकाक्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका सेनाध्यक्ष रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीहरुसित भेटघाट गर्नेछन् ।

७ सदस्यीय टोलीसहित भारत गएका प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया