झापा फाल्गुनन्द गोल्डकपको फाइनलमा

news

पाँचथर, पुस २७ । झापा–११ पाँचथरको फिदिममा जारी १०औं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै झापा उपाधिनजिक पुगेको हो ।

झापाको जितमा कप्तान कर्ण लिम्बूले खेलको ५३औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका दिलेन लोक्ताम ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् शनिबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङ भिड्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया