न्यायाधीश जोशीमाथि प्रधानन्यायाधीश जबराको यस्तो आरोप (भिडियो)

news

काठमाडौं, पुस २७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीमाथि सार्वजनिकरुपमा आरोप लगाएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले जोशीको नाम नलिइ ‘न्यायको मन्दिरमा बलिरहेको दीप निभाएर घर बिर्सेर जान्छ भने उसलाई घर देखाइदिने वातावरण बनाउन प्रधानन्यायाधीशले नसक्ने रहेछ’–भने ।

‘न्यायको विवेक र आचरणलाई कायम राख्न नसक्ने न्यायाधीशलाई न्यायको मूर्तिमा राख्न पनि गाह्रो’ भएको उनको भनाइ थियो ।

राष्ट्रका तीन निकाय समानरुपमा अगाडि बढ्नुपर्ने र एकार्काका अधिकारमाथि हस्तक्षेप गर्न नहुने भन्दै उनले न्यायालयमा हुने बाहिरी हस्तक्षेपलाईसमेत बाहिरै फाल्ने दाबी गरे ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले वरिष्ठ न्यायाधीश जोशीलाई बेन्च नतोकेको र अधिकार नदिएको आरोप लगाए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले स्वतन्त्र न्यायालयका लागि सरकारको सधैं सहयोग रहेको बताए ।

यस्तै, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याय सम्पादन गर्न नसके आलोचना हुने भन्दै न्याय परिषदलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया