विवेकशील साझा पार्टी एकताको डेढ वर्ष नपुग्दै विभाजित

news

काठमाडौं, पुस २७ । विवेकशील साझा पार्टी एकता भएको डेढ वर्ष नपुग्दै विभाजित भएको छ ।

विवेकशील साझा पार्टीका दुई सहसंयोजकमध्ये उज्ज्वल थापाले ‘विवेकशील नेपाली दल’ नामको नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

४२ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन दिइएको दाबी गरिएको छ ।

हस्ताक्षर प्रमाणित गरेर दल दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर–३ को प्रदेशसभामा सो पार्टीका तीनजना सांसद रहेकामा विराजभक्त श्रेष्ठ र रमेश पौडेल नयाँ पार्टीतिर लागेका छन् भने शोभा शाक्य पुरानै पार्टीमा रहेकी छन् ।

२०७४ साल साउनमा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो ।

विवेकशील साझा पार्टीमा केही समययता खटपट देखिएको थियो ।

मिश्रले पार्टी एकलौटी ढंगले चलाएको आरोप थापा पक्षले लगाउँदै आएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...