विवादास्पद धर्मगुरु गुरमित रामरहिम पत्रकार हत्यामा दोषी ठहर

news

नयाँ दिल्ली, पुस २८ । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ ।

आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो ।

संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ । अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो । सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो ।

सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ । यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उनका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झन्डै ४० जना घाइते भएका थिए । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया