अब ग्राण्डी अस्पतालमै एमआरसीपीसीएचको परीक्षा

news

काठमाडौं, पुस २८ । नेपालमा पहिलो पटक ‘मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाईल्ड हेल्थ’ (एम.आर.सी.पी.सी.एच) को परीक्षा सुरु भएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बाल स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले एम.आर.सी.पी.सी.एच.को परीक्षा लिन सुरु गरेको जनाएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई उपलब्ध विश्वस्तरीय सेवा तथा विशेषज्ञताको अनुभवसँगै शैक्षिक गतिविधिका कारण रोयल कलेज अफ इंग्ल्याण्डले नेपालमा लिने एम.आर.सी.पी.सी.एचको परीक्षाका लागि छनोट गरेको हो ।  एम.आर.सी.पी.एचको परीक्षा दिन डाक्टरहरुलाई यसअघि बेलायत जानुपर्ने बाध्यता थियो ।

नेपालमै परीक्षा सुरु गरेपछि अब सहज हुने अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए ।

कान्ति बाल अस्पतालसँग सहकार्य गरेर ग्राण्डी अस्पतालले परीक्षा सञ्चालन गरेको हो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...