बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट परिणामुखी होला !

news

दीपक घिमिरे

भैरहवा, पुस २८ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट भव्यताका साथ चलिरहेको छ । लुम्बिनी क्षेत्रको प्रचारप्रसार, विकास र संरक्षण सम्बर्द्धनका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले आयोजित समारोह कति परिणाममुखी बन्ला ? प्रतीक्षाको विषय बनेको छ । 

नेपाल विश्वमै पर्यटकीय सम्भावना बोकेको सुन्दर देश भए पनि पर्यटकीय क्षेत्रबाट उल्लेख्य लाभ उठाउन सकिरहेको अवस्था भने छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिक र सांस्कृतिक दृष्टिबाट संसारकै र उत्कृष्ट र विशिष्ट भूमि हो । जसले नेपालको पहिचानसमेत दिएको छ । 

नेपालको आर्थिक विकासमा दर्बिलो हिस्सा ओगट्न सक्ने पर्यटन क्षेत्रको हालसम्म व्यवस्थित र योजनाबद्ध ढंगले विकास हुन सकेको छैन । उसो त सरकारले पनि सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको छ । त्यसैको पूर्वसन्ध्यामा लुम्विनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को आयोजना गरिएको हो ।

मार्टले भैरहवा, तानसेन, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह लगायतको बुद्धिष्ट सर्किटको विकास गर्न पहल गर्ने अपेक्षा राखिएको छ ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा नाट्टाको समन्वयमा आयोजित मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीनलगायतका १७ देशका १५० भन्दा बढी पर्यटन व्यवसायीको उपस्थिति देखिन्छ । 

मार्टका सदस्यसचिव अच्युत गुरागार्इँले लुम्बिनीमा बुद्ध जन्मेको ठाउँ र मायादेवी मन्दिरबाहेक अरु थुप्रै महत्वपूर्ण स्थल रहेको र यी सबै क्षेत्रको विकास गर्नुपर्ने बताए ।

बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरु बीच सेवा तथा ब्यापार विनिमयको अवसर गर्नु र धार्मिक पर्यटन प्रवर्द्धन हो । यस कार्यक्रमले प्रदेश सरकाले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सफल पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यस्तै नाट्टा प्रदेश ५ का अध्यक्ष विष्णुप्रसाद शर्माले यो समारोहको मुख्य उद्देश्य लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्नु रहेको बताए ।

नेपालको पर्यटन संस्कृति, र धर्मसँग बढी आश्रित रहेकाले यस्ता समारोहले पर्यटनको वृद्धि गर्नेमा कुनै शंका छैन । तर औपचारिकता निर्वाह गर्न मात्र सीमित बनेका यस्ता कार्यक्रम परिणाममुखी बन्नुपर्छ । साथै हामीले हाम्रा सम्पदाको विकास विस्तार र संरक्षणमा भने गम्भीर चासो देखाउनैपर्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया