कारागारभित्रै उद्यम, मासिक १५ हजार रुपैयाँसम्म कमाउँछन् कैदीबन्दीले

news

तेह्रथुम, पुस २८ । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

कैदीबन्दीले कारागारभित्रै कमाएर आफ्ना लागि लत्ता कपडा र टेलिफोन खर्चमात्रै हैन, घर खर्चसमेत पठाउने गरेका छन् । कैदीबन्दीले ढाकाका टोपी, चोया र बेतबाँसका सामग्री तथा मुढा बुनेर आम्दानी गर्दै आएका हुन् ।

कारागारबाट कैदीबन्दीले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको नाइके विवेक लिम्बुले बताए । कैदीबन्दीले ढाकाका टोपीमात्रै मासिक ७ सय वटाभन्दा बढी बुनेर बिक्री गर्ने गरेका छन् ।

कैदीले बुनेका टोपीलगायत सामग्रीहरु कार्यालय सहयोगीमार्फत बजारसम्म पु¥याउने र बिक्री गरेर ल्याइदिने व्यवस्था गरिएको जेलर प्रभात घिमिरेले बताए । कैदीले बुनेका टोपी प्रतिगोटा २ सयदेखि ५ सय रुपैयाँसम्म बिक्री हुने गरेका छन् ।

साँघुरो कारागार भवनमा एकसाथ ३५ जना भन्दा बढी कैदीबन्दीले ढाका टोपी बुन्ने तान लगाएका छन् । कारागारमा हाल ८५ जना पुरुष र ५ जना महिला कैदीबन्दी छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया