स्वदेशमै २० लाख रोजगारी सिर्जना हुन्छ : मन्त्री विष्ट

news

पोखरा, पुस २८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले केही समयमै वैदेशिक रोजगारी खोज्ने दिन अन्त्य हुने दावी गरेका छन् ।

शनिबार प्रेस संगठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले रोजगारीका लागि काम र जनशक्ति जोड्ने गरी सरकारले प्रणालीको विकास गर्न लागेको बताए ।

मन्त्री विष्टले युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्था निरुत्साहित गर्ने गरि काम भइरहको भन्दै धेरै युवाले छिटै रोजगारी पाउने दावीसमेत गरे । अबको ५ वर्षभित्रै वैदेशिक रोजगारमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने सरकारको महात्कांक्षी योजना रहेको उनले बताए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत देशैभर कृषि क्षेत्रमै बीस लाख रोजगारी सिर्जना गरिने उनको भनाइ छ ।

मन्त्री विष्टले देशलाई छिट्टै खाद्यान्नमा आत्मनिर्भर हुने गरि कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न लागेको दावी पनि गरे ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया