घरभित्रको विमति छताछुल्ल पार्दिनँ, हिलो छ्यापाछ्याप गर्दिनँ : रवीन्द्र मिश्र

news

काठमाडौं, पुस २८ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी फुट्नुमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेका छन् ।

शनिबार पार्टी कार्यालय बखुन्डोलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टी विभाजनमा आफूपक्षीय नेताहरु र अर्कोपक्षबाट पनि कमजोरी भएको बताएका हुन् ।

उनले असन्तुष्टपक्षसँग वार्ताका लागि ढोका खुला रहेको भन्दै चित्त नबुझेको विषयमा औपचारिक वार्ता गर्न आग्रह गरे ।

अझैपनि विवेकशील साझा पार्टी नै नेपालको वैकल्पिक पार्टी रहेको जिकिर गर्दै उनले फेरि पनि एउटा विन्दुमा मिल्नसकिने बताए ।

संयोजक मिश्रले छुट्टिएर गएपनि वैकल्पिक पार्टीका लागि गरिएको यात्रा नरोकिने भन्दै छुट्टिएर जाने र आफूहरुको लक्ष्य एउटै भएकाले अझै एकै ठाउँमा रहेको दाबी गरे ।

उनले पार्टीभित्रको आर्थिक कारोबार पारदर्शी भएको भन्दै घरभित्रको विमति छताछुल्ल नपार्ने र हिलो छ्यापाछ्याप पनि नगर्ने स्पस्ट पारे ।

शुक्रबारमात्र विवेकशील साझा पार्टीका एकजना संयोजक उज्ज्वल थापाले १६ जना केन्द्रीय सदस्यको समर्थनमा निर्वाचन आयोगमा ‘विवेकशील नेपाली दल’ दर्ताका लागि निवेदन दिएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...