आन्तरिक हवाई भाडा घटाइयो

news

काठमाडौं, पुस २८ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको भाडा घटाएपछि आन्तरिक हवाई भाडादर पनि घटेको छ ।

नेपाल वायुसेवा सन्चालक संघले आइतबारदेखि लागू हुनेगरी आन्तरिकतर्फको भाडा घटाएको हो ।

निगमले आइतबारदेखि लागू हुनेगरी आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएर प्रतिलिटर ९४ रुपैयाँ कायम गरेको थियो ।

आन्तरिकतर्फको उडानमा न्यूनतम् ७० देखि अधिकतम् ३४० रुपैयाँसम्म भाडा घटाएको संघले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...