मोहमद सलाहको निर्णायक गोलले लिभरपुल अंक तालिकामा अगाडी

news

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तालिकामा ७ अंकको अग्रता बनाएको छ ।

गए राति १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै लिभरपुलले तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो ।

मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फर गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो ।

त्यसपछि थप गोल हुन नसके पछि लिभर पुल विजयी भयो । गए रातिनै भएको अर्को खेलमा १५औं स्थानको बर्नलेले रेलिगेशन जोनको फुलह्याममाथि २–१ गोलको जित निकालेको थियो । फुलह्यामले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता लिए पनि जोगाउन भने सकेन ।

फुलह्यामका लागि एन्ड्यू स्योरलेले गोल गरेका थिए । बर्नलेले दुई गोलनै उपहार पाएको थियो ।

२० औं मिनेटमा जोय ब्रोएनले आत्माघाति गोल गरेपछि बर्नलेले खेल बराबरीमा ल्याएको थियो ।

त्यसको ३ मिनेट पछिनै फुलह्यामका डेनिस ओडवेले अर्को आत्माघाति गोल गरेपछि बर्नले २–१ को अग्रता बनायो ।

त्यसपछि बाँकी समयमा गोल नभएपछि त्यही आत्मघाति गोलको मद्दतले बर्नले विजयी हुन सफल भयो ।

उता कार्डिफ र हडल्सफिल्ड गोलरहित बराबरीमा रोकिँदा वाटफोर्डले क्रिष्टलमाथि २–१ को जित निकालेको छ ।

त्यस्तै साउथ ह्याम्पटनले लेस्टर सिटिमाथि पनि २–१ को जित निकाल्न सफल भयो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया