डा.केसीको सत्याग्रह पाँचौ दिन पनि जारी, जनसमर्थन बढ्दै

news

-प्रकाश नेपाल/ईमेज

इलाम । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीकोे आज पाँचौ दिन पनि सत्याग्रह जारीे छ ।

पुस २५ गतेदेखि सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा भने समस्या दिनप्रति दिन बढ्दै गएको छ ।

केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार नै भुइँबाट बेडमा सारिएको छ ।

स्वास्थ्यमा तत्काल गम्भीर समस्या नभएपनि विग्रदो अवस्था रहेकाले सावधानी अपनाउन सुझाव दिएको सहयोगी चिकित्सक  डा.रामकृष्ण आचार्यले जानकारी दिए ।

इलाममा अत्याधिक चिसो बढेकाले पनि स्वास्थमा झन समस्या थपेको हो ।

१५ औं सत्याग्रहपछि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनले इलाममा पुनः सत्याग्रह थालेका हुन ।

पाँचौ दिनसम्म सत्याग्रह जारिरहँदा केसीको मुद्दामा सर्मथन जनाउनेको संख्या पनि थपिदै गएको छ ।

आइतबार पनि समर्थन स्वरुप विशाल र्‍यालीको तयारी भइरहेको छ । तर सरकारी पक्षवाट भने आजसम्म बार्ता र सम्वादको कुनै पनि पहल नभएको सहयोगीले जनाएका छन् ।

त्यस्तै उनको विंग्रदो स्वास्थ्यस्थिती बारे पनि आधिकारिकरुपमा कसैले चासो दिएका छैनन् ।

स्वास्थ्य र शिक्षालाई व्यपारीकण गर्न नहुने अडान राख्दै आएका डा. केसीको माग सुनुवाई नभएपछि अर्को सत्याग्रह थालेका हुन ।

स्वास्थ्य र समसाहिक विषयका ७ बुँदे माग केसीको रहेको छ ।

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...