धादिङको बेनीघाटमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ घाइते

news

काठमाडौं । काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् ।

अत्याधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेको बजारवासी र प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गाडीमा ४१ जना यात्रु सवार थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः संचालन भएको छ ।

  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...