गाउँबाट शहर बसाइ सर्ने क्रम बढ्दो, उजाड बन्दै गाउँहरु

news

तनहुँ । बसाइँसराइ गर्ने क्रम नरोकिएपछि तनहुँका ग्रामीण बस्तीहरु उजाड हुँदै गएका छन् ।

संघीय संरचना अनुसार गाउँगाउँमा स्थानीय सरकारहरु गठन भए पनि गाउँबाट शहर झर्नेहरुको क्रम भने रोकिएको छैन ।

सेवा सुविधाको खोजीमा ग्रामीण क्षेत्रका मानिसहरु राजमार्ग केन्द्रीत भएर बसाइँ सर्न थालेपछि तनहुँका ग्रामीण बस्तीहरु उजाड हुँदै गएका छन् । जिल्लाका अधिंकाश गाउँहरुबाट शहरमा बसाइ सर्नेक्रम अहिले पनि ब्ढ्दो छ ।

गाउँमा विकासका पुर्वाधार र रोजगारीका अवसरहरु नहुँदा तनहुँको भिमाद, भानुमति, तनहुँशुरु, मिलुर्लङ्ग बडहरभन्ज्याङ लगायतका ठूला गाउँका बस्तीहरु अहिले उजाड भएका छन् ।

भिमाद क्षेत्रका ४० भन्दा बढी ग्रामीण बस्तीहरु अहिले खण्डहर बन्ने अवस्थामा छन् । पुराना ढुङ्गाले छाएका मौलिक घरहरु अहिले जीर्ण देखिन्छन् ।

भीमादमा पहिले दुई सयको हाराहारीमा घरहरु रहेकोमा अहिले पाँच सात घर मात्र बाँकी रहेको स्थानीय ध्रुव खनालले बताए ।

पछिल्लो समय ग्रामीण बस्तीमा निर्माण भएका मौलिक घरहरु लोप हुँदै जान थालेका छन्  ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...