मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा २१ जनाको मृत्यु

news

काठमाडौं । मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । घटनामा ७१ जना घाइते भएका छन् ।

मेक्सिकोको मध्य क्षेत्रको राज्य हाइडाल्गोमा सरकारी तेल कम्पनी पेमेक्सको पाइप लाइनमा बिस्फोट भएको हो ।

पाइपलाइन चुहिएपछि तेल लिन स्थानीय बासिन्दा पुगेका बेला आगो सल्किएर बिस्फोट भएको हाइडाल्गोका गभर्नर ओमार फायदले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राज्य सरकारले पीडितलाई राहत दिने प्रतिबद्धता जनाएको छ । इन्धन चुहिनुको कारण खुलेको छैन । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया