प्रदीप पौडेल (इमेज)
पोखरा, माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् ।
पोखरामा नेपाल निजामती कर्मचारी युनियन संघको गन्डकी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै प्रजातन्त्र रक्षाका लागि ओली सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
सभापति देउवाले सरकारले चिकित्सा शिक्षा विधेयक र कर्मचारी समायोजनको नाममा कर्मचारीमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाए ।
स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम रहेका अस्पताल खारेज गर्न लागेको भन्दै उनले सरकारले अराजनीतिक गतिविधि देखाएको आरोप लगाए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले विकास भत्काउने र इतिहास मास्ने काम गरेको आरोप लगाए ।
उनले सरकारले प्रतिपक्षी र जनतालाई हेप्न थालेको भन्दै यसविरुद्ध कांग्रेसले आन्दोलन गर्नुपर्न बताए ।
प्रतिक्रिया