डलर सटहीमा थप कडाइ

news

काठमाडौं, माघ ८ । डलर सन्चिति र शोधनान्तर घाटा बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले डलर सटहीलाई थप कडाइ गरेको छ ।

केन्द्रीय बैंकले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि डलर सटही सुविधा कटौती गरेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीले अधिकतम् २०० अमेरिकी डलरमात्रै सटही सुविधा पाउनेगरी राष्ट्र बैंकले परिपत्र गरेको छ ।

बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खन्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यान्वनमा ल्याएको जनाएको हो ।

संशोधित परिपत्रअनुसार सरकारबाट अनुमति लिएर अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलेमात्र २०० डलर सटही गर्नसक्ने भएका छन् ।

यसअघि, वैदेशिक रोजगारीमा जाने नेपालीले ५०० अमेरिकी डलर सटही गर्न पाउँदै आएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया