हुम्लामा पहिलोपटक हिउँमा चिप्लेटी

news

हुम्ला, माघ ९ । हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । 

हुम्ला सांस्कृतिक तथा पर्यटन पवर्द्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चिप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताए ।

‘हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,’ उनले भने ।

जिल्लामा मंसिरदेखि नै हिमपात हुने भएकाले चिप्लेटी खेललाई निरन्तरता दिन सके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने लामा बताउँछन् । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...