के तपाइँलाई घोडाबारे यी कुरा थाहा छ ?

काठमाडौं, चैत ३ । काठमाडौं उपत्यकामा शनिबार परम्परागत घोडेजात्रा पर्व मनाइएको छ ।

news

घोडेजात्राकै अवसरमा यहाँ घोडासम्बन्धी रोचक जानकारी प्रस्तुत् गरिएको छ ।

जतिबेला यातायातका साधनको विकास भएको थिएन, त्यतिबेला सबैभन्दा सजिलो र चाँडो यात्राका लागि घोडा नै उपयुक्त माध्यम थियो ।

घोडा प्राचीनकालदेखि नै मानिसको निकै नजिकको साथी मानिन्छ । यसलाई निकै सुन्दर र बफादार जनावरकोरुपमा पनि लिइन्छ ।

घोÞेडामाथि लेखिएको पहिलो पुस्तक नाम ‘शालिहोत्र’ हो । यो पुस्तक महाभारतकालको समयमा लेखिएको मानिन्छ ।

घोडाको आयु झन्डै ३० वर्षको हुन्छ । तर, इंग्ल्यान्डमा एउटा घोडा ६२ वर्षसम्म बाँचेको थियो ।

संसारमा घोडाका १६० प्रजाति पाइन्छ । तीमध्ये अरबी घोडालाई विशेष मानिन्छ ।

जमिनमा रहने जनावरमध्ये घोडाको आँखा सबैभन्दा ठूलो हुन्छ । यो सानै उमेरदेखि दौडिन सुरु गर्छ । घोडाले मुखबाट कहिल्यैपनि सास लिँदैन ।

उठ्दाभन्दा बस्दा यसको धेरै शक्ति खर्च हुने गर्दछ । अफ्रिकाको जंगलमा अझैपनि जंगली घोडाहरुको सयौं झुन्ड पाइन्छ ।

एक आँकडाकाअनुसार विश्वमा घोडाको संख्या करिब ६ करोड रहेको अनुमान छ । यसलाई मानिसहरुले ५ हजार वर्षपहिलेदेखि नै घरपालुवा जनावरकोरुपमा पाल्दै आएका छन् ।

घोडाको बफादारिता यति छ कि यसले आफ्नो मालिकलाई कहिल्यैपनि भुल्दैन । कथंकदाचित आफूमाथि सवार मालिक लड्यो भने घोडाले कहिल्यैपनि कुल्चदैन ।

प्राचीनकालमा भारतवर्षका राजा–महाराजाहरुले अश्वमेघ यज्ञ गर्दथे, जुन घोडासँगै जोडिएको विषय थियो ।

सेनाले घोडाको प्रयोग सयौं वर्षदेखि गर्दै आएका छन् । पुराना राजाहरुको सवारीको साधन नै घोडा हुने गर्दथ्यो । घोडामै बसेर उनीहरु शिकार गर्न जान्थे ।

घोडा शाकाहारी प्राणी हो । यसको शक्ति यसरी पनि जान्न सकिन्छ कि यो नरोकिइकन घन्टौंसम्म दौडिनसक्छ । इन्जिनको शक्ति पनि ‘हर्ष पावर’मा नाप्ने गरिन्छ ।

पछिल्लो समयमा सवारीका आधुनिक साधनको विकास र विस्तारले घोडाको प्रयोग घट्दै गएपनि यसप्रतिको आकर्षण भने कायमै छ । –एजेन्सीको सहयोगमा ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया