विमलराज र अञ्जुले गाएको ‘बुट्टे रुमाल’मा गम्भीर र प्रियंकाको दमदार डान्स(भिडियो)

news

काठमाडौं । चर्चित लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तले गाएको ‘बुट्टे रुमाल’ छोटो समयमा युट्यूबमा चर्चित बनेको छ ।

गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द संगीतमा तयार भएको ‘बुट्टे रुमाल’ शुक्रबार मात्र म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको हो ।

लोकलय र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरिएको डान्सले थप चर्चा बटुलेको छ । नायिका प्रियंका कार्की र गम्भीर विष्टले गीतमा दमदार प्रस्तुती दिएका छन् ।

‘सुपारी चाम्रो–२’का रुपमा ल्याइएको गीतमा रुमाल चिनो साटासाट गर्ने पुरानो चलनलाई उजागर गर्न खोजिएको छ । यो समाचार तयार पार्दासम्म गीतमा ३ लाख ४२ हजार बढी हेरिएको छ ।

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन ।

भण्डारीकै लेखन तथा संगीतमा रहेको ‘सुपारी चाम्रो’ बोलको गीतकै नामबाट अहिले सार्वजनिक भएको गीतलाई चिनाउने प्रयास गरिएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया