बहुविवाह गर्ने जोडी कारागार चलान

news

भोजपुर ।  जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ ।

अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो ।

उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...